Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारले झोलुङ्गे पुल बनाउन चासो नदिँदा स्थानीयलाई सास्ती

सरकारले झोलुङ्गे पुल बनाउन चासो नदिँदा स्थानीयलाई सास्ती


मान्म (कालीकोट) । जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं १ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको झोलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ ।

स्थानीय सरकारले झोलुङ्गे पुल बनाउन चासो नदिँदा आवागमनमा समस्या भएको हो । नरहरिनाथ गाउँपालिका–१ का पूर्वजिल्ला विकास समितिका सदस्य कटकबहादुर विष्टले २०७८ सालको बाढीले झोलुङ्गे पुल बगाएपछि कुनै निकायले पुल बनाउने चासो नदिँदा समस्या भएको बताए । “झोलुङ्गे पुल बनाउनका लागि प्रत्येक वर्ष बजेट आएको सुन्छु”, उनले भने, “पुल भत्किएको लामो समयमा कुनै निकायले चासो नदिँदा अहिले लालु, माल्कोट र कोटवाडा गाउँको आवातजावतमा समस्या भएको छ ।”

नरहरिनाथ गाउँपालिका–८ का प्रकाश विष्टले झोलुङ्गे पुल नहुँदा हिउँदमा खासै समस्या नभए पनि वर्षायाममा खोलाको पानीको बहाव बढ्ने र आवातजावतमा समस्या हुने गरेको बताए ।

स्थानीयले तीनवटै तहका सरकारसँग झोलुङ्गे पुल बनाउन पटक–पटक माग गरेको भए पनि अहिलेसम्म खासै चासो नदिएका कारणले नागरिक तहबाट पहल थाल्नुपर्ने नरहरिनाथ गाउँपालिका–९ लालुका नागरिक समाजका अगुवा किशोरकुमार रावलले बताए । पुल नहुँदा फलेकको साँघुबाट जोखिपूर्ण यात्रा गर्नुपरेको उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x