नौ करोड राजश्व सत्ती भन्सारद्वारा सङ्कलन
लम्की (कैलाली) । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा रु. नौ करोड ८० लाख ७८ हजार राजश्व कैलालीको सत्ती भन्सार कार्यालयले सङ्कलन गरेको छ । चालु आवमा १२ करोड एक लाख ४७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य सत्ती भन्सार कार्यालयले लिएको थियो । अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुश्कील हुने देखिन्छ । सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले गत वर्षको तुलनामा यस वर्ष राजश्व बढ्ने बताए ।
गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले १६ करोड ९४ लाख ४१ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । प्रमुख सापकोटाले सो आवमा सात करोड ५० लाख ४० हजार मात्र राजश्व सङ्कलन भएको बताए । “यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौैँ”, उनले भने ।
सत्ती भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कवाफत ६४ हजार, बेरुजुबाट एक लाख, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ ४१ हजार, अन्तःशुल्क आयातमा २३ लाख ११ हजार, भन्सार महशुल आयातमा पाँच करोड एक लाख, कृषि सुधार शुल्कमा एक लाख आठ हजार, भन्सार सम्बन्धी अन्य आयमा ६ लाख ३९ हजार, मुल्य अभिवृद्धि कर आयातमा चार करोड ४६ लाख ९७ हजार तथा हरित करबाट चार हजार राजश्व सङ्कलन भएको प्रमुख सापकोटाले बताए ।
सत्ती भन्सार भएर आयातको तुलनामा निर्यात शून्य रहेको छ । यस बाहेक जिल्लामा धनगढीस्थित त्रिनगर भन्सार कार्यालय रहेको छ । सो भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको छ । खुला सीमाका कारण राजश्व सङ्कलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गरिमा विकास बैंकको पहिलो त्रैमासिक नाफा २२ करोड ५७ लाख
- श्री इन्भेस्टमेन्टको नाफा ४१ लाख
- नारायणी डेभलपमेन्ट बैंक घाटामा
- कालीगण्डकी करिडोर: म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
- म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार
- बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त
- ठगीको गरेको अभियोगमा गुरूङ र पराजुली पक्राउ
- फाल्गुनन्दको मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया