Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकर्मचारीको पारिश्रमिक र कार्यालय व्यवस्थापनमा बैंकहरूको खर्च अस्वाभाविक

कर्मचारीको पारिश्रमिक र कार्यालय व्यवस्थापनमा बैंकहरूको खर्च अस्वाभाविक


बैंकिङ क्षेत्रको खर्च अस्वभाविकरुपमा बढेको देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको समग्र वित्तीय अवस्थासम्बन्धी नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार बैंकहरूको खर्च बढेको छ । चालू आर्थिक वर्षको १० महिना अर्थात् वैशाख मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले ८५ अर्ब ७५ करोड ८० लाख रुपैयाँ प्रशासनिक खर्च गरेका छन् । यो खर्च बैंकहरूले कर्मचारीहरूको पारिश्रमिक र कार्यालय व्यवस्थापन शीर्षकमा मात्र गरेका हुन् । कर्मचारीको पारिश्रमिकमा ५१ अर्ब ६६ करोड रुपैयाँ खर्च र कार्यालय व्यवस्थापनमा ३४ अर्ब नौ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नौ अर्ब ३७ करोड ३० लाख रुपैयाँ बढी खर्च गरेका छन् । गत आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाले तलबमा ४५ अर्ब २२ करोड ८० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा ३१ अर्ब १५ करोड ७० लाख रुपैयाँ खर्च गरेका छन् । उक्त अवधिमा यि दुई शीर्षकमा बैंकहरूले गरेको कुल खर्च ७६ अर्ब ३८ करोड ५० लाख रुपैयाँ थियो । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको १० महिनामा कर्मचारीहरूको पारिश्रमिकमा ४५ अर्ब ५४ करोड ३० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा २९ अर्ब ४० करोड २० लाख रुपैयाँ गरी कुल ७४ अर्ब ९४ करोड ५० लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ अर्ब ७९ करोड ७० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको १० महिनामा तलब खर्च ३९ अर्ब ५० करोड रुपैयाँ र कार्यालय व्यवस्थापन खर्च २६ अर्ब ६४ करोड ८० लाख रुपैयाँ गरी कुल ६६ अर्ब १४ करोड ८० लाख रुपैयाँ थियो ।

विकास बैंकहरूले यस आर्थिक वर्षको १० महिनामा कर्मचारी व्यवस्थापनमा चार अर्ब ९० करोड ७० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा तीन अर्ब ७३ करोड १० लाख रुपैैयाँ गरी आठ अर्ब ६३ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ करोड ५० लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको १० महिनामा विकास बैंकहरूले कर्मचारी व्यवस्थापनमा चार अर्ब ६१ करोड ३० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा तीन अर्ब ५६ करोड रुपैयाँ गरी कुल आठ अर्ब १७ करोड ३० लाख रुपैयाँ खर्च गरेका थिए । फाइनान्स कम्पनीहरूले यस आर्थिक वर्षको १० महिनामा कर्मचारीका लागि एक अर्ब २१ करोड रुपैयाँ र कार्यालय व्यवस्थापनमा ९६ करोड ५० लाख रुपैयाँ गरी कुल दुई अर्ब १७ करोड ५० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ करोड १० लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कर्मचारीको तलबमा एक अर्ब ११ करोड ५० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा ९४ करोड ९० लाख रुपैयाँ गरी कुल दुई अर्ब छ करोड ४० लाख रुपैयाँ खर्च गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x