Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते

रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते


रुकुम पूर्व । रुकुम पूर्व सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जनाउदै उनीहरूलाई उपचारका लागि रुकुमकोट पढाइएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x