Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअविरल वर्षाका कारण भोजपुरमा सडक भासियो

अविरल वर्षाका कारण भोजपुरमा सडक भासियो


भोजपुर । मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा अविरल वर्षाका कारण सडक भासिएको छ । भोजपुर–चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा कालोपत्र गरिएको करिब ६० मिटर सडक भासिएको हो ।

टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले सडक भासिएपछि यातायातका साधन रोकिएका बताइन् । उक्त स्थानमा बुधबार बिहान सडक भासिएको हो । “वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ”, उपाध्यक्ष राईले भनिन्,“सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ ।”


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x