Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार(रास्वप्रा) सभापति रबी लामिछाने र उपसभापति अर्याल माथि मुकुल ढकालको गम्भिर आरोप !

(रास्वप्रा) सभापति रबी लामिछाने र उपसभापति अर्याल माथि मुकुल ढकालको गम्भिर आरोप !


काठमाडौं (रास्वप्रा)का सभापति रबी लामिछाने र उपसभापति डीपी अर्यालमाथि मुकुल ढकालले गम्भिर आरोप लगाएका छन् । पार्टीको हित बिपरित कार्य गरेको भनी (रास्वप्रा)ले महामन्त्री समेत रहेका मुकुल ढकाललाई महामन्त्रीबाट हटाएको थियो । पार्टी नेतृत्व प्रति आलोचना गरिरहेका महामन्त्री ढकाल केही दिन अगाडी बसेको पार्टी बैठकले महामन्त्रीबाट हटाएपछि झन कडा रुपमा आक्रोस व्यक्त गरेका छन् । बुधबार दिउँसो पत्रकार सम्मेलन गरि उनले आफू रास्वप्रा को महामन्त्री नै रहेको दाबी गरेका छन् । आफूलाई रबी लामिछानेको क्लवले मात्र कार्वाही गरेको बताएका थिए ।

उनले उपसभापति डीपी अर्यालमाथि पनि गम्भिर आरोप लगाएका छन् । पार्टी संञ्चालन गर्दैगर्दा उपसभापति अर्यालले आर्थिक पार्दसिता नदेखाएको बताएका छन् । बिभिन्न ठाउँहरुबाट आएको रकमको हिसाब किताब स्पष्ट रुपमा देखाउनुपर्ने बताएका छन् । महामन्त्री समेत रहेका ढकालले उठाएका कुराहरुलाई अर्थपूर्ण तरिकाले हेरीएको छ । तर ढकालले पार्टीको बहुमत सदस्यहरुले गरेको निर्णयलाई आत्मसाथ नगरेर सबैको दोष सभापति लामिछाने र डीपी अर्याल माथि लगाएका छन् । उनले आफ्ना कुराहरु प्रवचन जसरि प्रस्तुत गरेपनि मिडीयाकर्मीले सोधेका प्रश्नहरु सामना गर्न नसकेर त्यहाँबाट उठेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x