Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रथम स्मृति दिवसमा सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जलि

प्रथम स्मृति दिवसमा सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जलि


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन सङ्गिनी सीता दाहालको प्रथम स्मृति दिवसमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

प्रधानमन्त्री दाहालसहित उनका परिवारका सदस्यहरूले सीता दाहालको तस्बिरमा पुष्पगुच्छा एवं माल्यार्पण गरेका हुन् । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरे ।

श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्य, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा एवं नागरिकको उपस्थिति थियो । माओवादी नेत्री सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री दाहालले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरे ।

कम्युनिष्ट आन्दोलनमा २०२८ सालदेखि लागेकी नेत्री दाहाल माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिइन् । २०५२ सालदेखि पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको जनयुद्धमा उनी सहभागी भएकी थिइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x