परिसंघका पदाधिकारी र जापानका राजदूतबीच भेटवार्ता
काठमाडौं, मंसिर २९
नेपालका लागि जापानका राजदूत मासामिची सेइगो र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुबीच भेटवार्ता भएको छ । भेटमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल र जापानबीचको आर्थिक तथा व्यापारिक एवं लगानी र पर्यटनमा रहेको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने बताए । जापानको आर्थिक तथा व्यावसायिक विकासबाट नेपालले सधै लाभ लिइरहेको र यसलाई थप विस्तार गर्न जापानको लगानी बढाउन सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको अध्यक्ष मोरको भनाइ थियो । खासगरी उत्पादनमूलक क्षेत्र, कृषि तथा पर्यटनमा लगानीका सम्भावनाहरु रहेकोतर्फ अध्यक्ष मोरले राजदूत मासामिचीको ध्यानाकर्षण गराए ।
नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपालमा जापानी पर्यटकको संख्या बढाउन राजदूतावासले सक्रिय भूमिका निर्वाह गर्न समेत अध्यक्ष मोरले राजदूतसमक्ष आग्रह गरे । जापानको औद्योगिक क्षमता तथा दक्षतालाई मध्यनजर राख्दै नेपालमा दक्ष जनशक्तिको अभाव रहेकाले जापानमा औद्योगिक परीक्षार्थी आदानप्रदान गर्ने सन्दर्भमा समेत अध्यक्ष मोरले सहकार्य गर्न सकिने बताए । सो अवसरमा राजदूत मासामिची सेइगाले जापान र नेपालको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारलाई आफूले प्राथमिकतामा राखेको बताए ।
द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार र औद्योगिक प्रशिक्षार्थी आदानप्रदान एवं तालिमका सन्दर्भमा थप मद्दत गर्नेबारे थप गृहकार्य गरी सहकार्य अघि बढाउने राजदूत मासामिची सेइगाले उल्लेख गरे । भेटवार्तामा परिसंघका उपाध्यक्षहरु, दूतावासका आर्थिक मामिला हेर्ने अधिकारी समेतको उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया