Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआसराङ प्रहरी चौकीमा पस्यो खहरे खोला

आसराङ प्रहरी चौकीमा पस्यो खहरे खोला


काठमाडौं । शनिबार राति पानि परेपछि बागमती गाउँपालिका–६ स्थित आसराङ प्रहरी चौकीमा खहरे खोला पसेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले पहिरोले ह्युम पाइप पुरिएपछि लिकुनी खहरे खोला चौकीमा पसेको जानकारी दिए । चौकीभित्रै खहरे पस्दा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।

राति १२ बजेबाटै चौकीमा बाढी पसेपछि लत्ताकपडा, र बन्दोबस्तीका सामानहरु सारिएको थियो । अहिले खहरे रोकिए पनि चौकीभित्र लेदा भरिएकाले बस्न सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x