काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि कृषि तथा पशुपन्छी विकासमन्त्रीलाई १० बुँदे सुझाव पेश गरेको छ । कम्पनीका अध्यक्ष सिताराम काफ्ले नेतृत्वको प्रतिनिधिमण्डलले कृषिमन्त्री रामनाथ अधिकारीलाई भेटी समग्र कृषि क्षेत्रको अध्ययन तथा अनुसन्धान र हालसम्मको कार्य अनुभवको आधारमा कृषि क्षेत्रको दिगो विकासका लागि उक्त सुझावहरू पेश गरेको कम्पनीले जनाएको छ । कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्राविधिक सहयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ‘एकीकृत कृषि विकास प्राधिकरण/निकाय/केन्द्र’को स्थापना गर्नुपर्नेमा जोड दिएको छ । यस्तै, सरकारले खरिद सुनिश्चितता गर्न सक्ने उद्योग संरचनाहरूको विकासमा लगानी गरी निजी क्षेत्रलाई प्रतिस्पर्धात्मकरूपमा सञ्चालन र व्यवस्थापनको लागि जिम्मेवारी दिनुपर्ने, बजारअनुसारको उत्पादन प्रणालीको विकास गर्न करार ऐनको निर्माण, उत्पादन क्यालेन्डरको विकास र खरिद सुनिश्चतताको व्यवस्थामार्फत सामूहिक तथा व्यावसायिक उत्पादनलाई प्रोत्साहित गर्नुपर्ने कम्पनीको सुझाव छ ।
स्थानीय सम्भावनामा आधारित ‘एक स्थानीय संरचना (निकाय), एक कृषि परियोजना’को विकास गरी ग्रामीण क्षेत्रका स्थानीय पालिकाहरूलाई उत्पादन प्रवर्द्धन तथा प्रारम्भिक प्रशोधन र सहरी क्षेत्रका स्थानीय पालिकाहरूलाई भण्डारण तथा वितरणमा अभिमुखीकरण गर्ने, उद्यमशीलता केन्द्रमार्फत युवाहरूलाई कृषि उद्यममा आकर्षित गर्ने, ‘उत्पादनमा सहकारी, बजारीकरण प्रभावकारी’ कार्यक्रम सञ्चालन गर्नका लागि सहकारीमा आधारित कृषि स्रोत केन्द्रहरूको विकास गर्ने, कृषिमा संस्थागत परामर्श केन्द्रहरूको स्थापना र सञ्चालनको लागि नीतिगत व्यवस्था गर्ने, उपभोक्ताहरूलाई स्वस्थ र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन ‘खाद्य साक्षरता’ अभियानलाई राष्ट्रियरूपमा सञ्चालन गर्नेलगायतका कार्य गर्न कम्पनीले सुझाव दिएको छ ।
जलवायु अनुकूल तथा उत्थानशील प्रविधिहरूको विकास र प्रवर्द्धन तथा कार्बन फार्मिङलाई कार्बन व्यापारमा जोड्दै साना कृषकहरूको क्षमता अभिवृद्धि गर्न, कम्बाइन हार्भेस्टरको आयात गर्दा वातावरण प्रदूषण नगर्न व्यवस्था गरिएको ‘वेलरसहित आयात’ मात्रै नभई वेलर वा ब्रसकटर भन्ने शब्दावली राख्नका लागि पहल गर्नेलगायतका सुझाव कम्पनीले दिएको हो । कृषिमा संस्थागत निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आफू सकारात्मक रहेको कृषिमन्त्री अधिकारीले बताएको कम्पनीका प्रबन्ध सञ्चालक भरतराज ढकालले जानकारी दिए ।
क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया