Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअनलाइन कारोबारको नाउँमा करोड बढी ठगी

अनलाइन कारोबारको नाउँमा करोड बढी ठगी


काठमाडौं, असार ११
अनलाइन कारोबारको नाउँमा करोडौँ रुपैयाँ ठगी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका टेकुुका अनुसार अनलाइनमार्फत ४० लाख रुपैयाँभन्दा बढी ठगी गर्ने व्यक्तिहरु पक्राउ परेका हुुन् ।

भाइबर, ह्वाटस अप, इमोलगायतका सोसल मिडियाहरुको दुरूपयोग गरी अनलाइनको माध्यमबाट ४० लाख रुपैयाँको चिठा परेको भनी प्रलोभन पारी ठगीमा संलग्न गिरोहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गिरोहले उच्चपदस्थ सरकारी अधिकृतलगायत सर्वसाधारण व्यक्तिहरू समेतबाट करोडौं रकम ठगी गर्ने गरेका थिए । नगदसहित अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यकाका विभिन्न स्थानहरूबाट सात जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाएको छ ।

पक्राउ पर्नेहरुमा झापाका पुकार बर्मा, काभ्रेका नविन भण्डारी, रौतहटका आकाश अग्रवाल, भारतीय नागरिक एमडी सर्फराज, रौतहटकै एस अग्रवाल, पर्साका कृष्ण प्रसाद साह र सुनिल साह रहेका छन् । उनीहरुले पीडितहरुबाट लाखौं रकम ठगी गरी पीडित बनाएका थिए । ठगी कार्यमा भारतीय गिरोह समेतको संलग्नता रहेको देखिन आएको र करोडभन्दा बढी रकम ठगहरूले लिइसकेको खुुलेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया