Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसात सय ९३ वटा पत्रिका वर्गीकरणमा आर्थिक दैनिक ‘क’ वर्गमा

सात सय ९३ वटा पत्रिका वर्गीकरणमा आर्थिक दैनिक ‘क’ वर्गमा


काठमाडौं । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७८/०७९ को पत्रपत्रिकाको वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा शुक्रबार नतिजा सार्वजनिक गरेको हो । काउन्सिलका अनुसार वर्गीकरणका लागि नौ सयवटा पत्रपत्रिकाले आवेदन दिएकामा सात सय ९३ वटा मात्र वर्गीकरणमा परेका छन् ।

काउन्सिलका अनुसार ७० पटा पत्रपत्रिकाको नतिजा कागजात अपुग भई स्थगन गरिएको छ । ३७ वटा पत्रपत्रिका हुबहुमा परेर वर्गीकरण गरिएको छैन । काठमाडौंबाट प्रकाशित हुने केही राष्ट्रिय दैनिकहरू कर नतिरेर, कर चुक्ता प्रमाणपत्र पेस गर्न नसकेर, सामाजिक सुरक्षा कर दाखिला नगरेर तथा न्यूनतम अङ्क नपु¥याएको कारण तथा स्थायी दर्ता प्रमाणपत्र पेस नगरेर वर्गीकरणमा स्थगनमा परेका छन् । यसरी स्थगनमा पर्ने पत्रिकामा सरकारी मुखपत्र गोरखापत्र, दि राईजिंग नेपाललगायत अन्य पत्रिकाहरू पनि छन् ।

यसैबीच आर्थिक दैनिक भने राष्ट्रिय स्तरको ‘क’ वर्गमा वर्गीकृत भएको छ । आर्थिक विगतदेखि नै ‘क’ वर्गमा वर्गीकृत हुँदै आएको छ । कुल एक सय ७५ वटा ‘क’ वर्गमा परेकामा आर्थिकसहित एक सय १८ वटा पत्रिका राष्ट्रियस्तरमा ‘क’ वर्गमा वर्गीकरणमा परेका हुन् । एक सय ४३ वटा पत्रिका प्रदेशस्तरमा, पाँच सय ३२ वटा स्थानीयस्तरमा, ७० वटाको कागजात नपुगेर नतिजा स्थगन छ भने ३७ वटा हुबहुमा परेको कारण वर्गीकरणमा समावेश छैन । काउन्सिलका अनुसार ‘ख’ वर्गमा चार सय दुईवटा पत्रिका परेका छन् भने ‘ग’ वर्गमा २६ वटा परेको छ । दैनिक एक सय ७३ वटा वर्गीकरणमा परेकामा अर्धसाप्ताहिक दुईवटा, साप्ताहिक चार सय ६५ वटा, पाक्षिक १३ वटा, मासिक ६० वटा, द्वैमासिक पाँचवटा, त्रैमासिक आठवटा, साहित्यिक ५५ वटा, भाषाभाषी १२ वटा वर्गीकरणमा परेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x