Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवरिष्ठ नेत्र विशेषज्ञ डा.रुइत सम्मानित

वरिष्ठ नेत्र विशेषज्ञ डा.रुइत सम्मानित


काठमाडौं । तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइत सम्मानित भएका छन् । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी डा. रुइतलाई आँखा उपचारका क्षेत्रमा पुर्याएको विशिष्ट योदानको कदर गर्दै अभिनन्दन गरेको हो ।

सभामुख देवराज घिमिरेले डा. रुइतलाई अभिनन्दन गरेका थिए । ताप्लेजुङ ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक ‘हव’का रूपमा विकास गर्न सफल भएको आयोजक संस्थाले जनाएको छ । न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दुको शल्यक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’का रूपमा डा. रुइत चिनिएको अभिनन्दन पत्रमा उल्लेख छ । डा. रुइतले यसअघि एसियाको सबैभन्दा ठूलो ‘रामोन मेगसेसे पुरस्कार’ बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’, भारत सरकारबाट पद्मश्री पदकका साथै विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसकेका छन् । कार्यक्रममा सभामुख घिमिरेले केन्द्रले जिल्ला र त्यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विविधतासम्बन्धी विषय समेटी प्रकाशित गरेको पुस्तक लोकार्पण समेत गरेका थिए । कार्यक्रममा सभामुख घिमिरेले डा रुइतको योगदान र व्यक्तित्व स्वदेशमा भन्दा विदेशमा उच्च रहेको बताए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x