Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशआर्थिक समृद्धिलाई जोड्ने योजनालाई कार्यान्वयन गर्न मुख्यमन्त्रीको निर्देशन

आर्थिक समृद्धिलाई जोड्ने योजनालाई कार्यान्वयन गर्न मुख्यमन्त्रीको निर्देशन


काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगको बैंकमा रहेका योजनालाई जनताको आर्थिक समृद्धिसँग जोड्नेगरी काम गर्न निर्देशन दिएका छन् । प्रदेश योजना आयोगद्वारा आयोजित प्रदेशको समग्र आर्थिक विकास तथा लगानीको वातावरण र सुधारका क्षेत्रमा अनुभव सिकाई आदान प्रदान कार्यक्रममा उनले योजनालाई नागरिकको पक्षमा हुनेगरि कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री कार्कीले प्रदेश स्थापनाको छ वर्षको अवधिमा विकासको पर्याप्त उपलब्धि हासिल गर्न सफल भएको बताए । नीतिगत र कानुनीरूपमा प्रदेशलाई अझै बलियो बनाउने गरी संविधान संशोधन गर्न लाग्ने बताए । यस्तै उनले प्रदेशमा विकासको गतिलाई तीव्रता दिन राष्ट्रिय पुँजीको विकास आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि स्थानीय स्रोत, साधन र खनिज पदार्थको अधिकतम उपयोग र निर्यात गर्नुको विकल्प नभएको बताए ।

मुख्यमन्त्री कार्कीले मुलुकको व्यापार घाटा कम गर्न कृषि र पशुपालन व्यवसायमा उल्लेखनीय वृद्धि गरी जलविद्युत्को व्यापारलाई पनि विस्तार गर्नुपर्नेमा जोड दिए । उनले पर्यटक आवागमन र वृद्धिका लागि पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारको विकास, सहज यातायात र व्यवस्थित वासस्थान व्यवस्था गरी दुई छिमेकी देशका नागरिकहरूलाई आकर्षण गर्नुपर्ने बताए । भारतीयहरूलाई नेपाल आगामनमा सहजता दिन भारतीय रुपैया पाँच सय र एक हजारका नोटहरू २५ हजार भन्दा बढी रकम ल्याउनका लागि आफुुले ्ंघिय स रकारसँग पहल गरिरहेको उनले जानकारी दिए ।

राष्ट्रिय योजना आयोग पूर्व उपाध्यक्ष जगदिशचन्द्र पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै योजना पहिचान गरी विकासको कार्यलाई निरन्तरता दिनु पर्ने धारणा राखे । यस्तै उनले प्रदेशमा व्यवासयिक क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिए । प्रदेश योजना आयोगका सदस्य भवानी बरालले बहुवर्षीय योजना अनतर्गत स्थापना गरिने एनिमल हस्पिटल एन्र्जा रिसर्च सेन्टरले प्रदेशमा भैँसी र बङ्गुर उत्पादन वृद्धि गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् । प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी, आयोगका पूर्व उपाध्यक्ष डा रघुराज काफ्ले ओमधरानन्द राजोपाध्याय र डा अजयचन्द्र लालले मुलुकको आर्थिक समृद्धि र नागरिकको रोजगार एवं आयआर्जनलाई ध्यानमा राखि विकासको कामलाई गतिदिनु पर्ने सुझाव दिएका थिए ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x