नेपाली विद्यार्थीलाई दूतावाससँग समन्वय नगरी बङ्गलादेश नछाड्न आग्रह
काठमाडौँ । ढाकास्थित नेपाली राजदूतावासले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई दूतावाससँग समन्वय नगरी देश नछाड्न आग्रह गरेको छ । बङ्गलादेशमा चिकित्साशास्त्रको अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीमध्ये करिब चार सय विद्यार्थीसहित सम्पूर्ण नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ ।
दूतावासले बङ्गलबादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किसकेको पनि जनाएको छ । नेपाल फर्किन चाहने विद्यार्थी र सम्पूर्ण नेपालीहरुले राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न दूतावासले आग्रह गरेको हो ।
आइतबार साँझदेखि राजधानी ढाकासहित बङ्गलादेशका अधिकांश ठाउँमा अनिश्चितकालीन कर्फ्यु जारी रहेका कारण दूतावासले आफ्नै तरिकाले बङ्गलादेशबाट बाहिरिने प्रयास नगर्न नेपालीहरूलाई आग्रह गरेको हो ।
दूतावासले नेपाल फर्किने व्यवस्थाको समन्वयका लागि नेपालीहरूले ं८८०१८८०६९१०१३ वा ं८८०१७४५४०७९५८ दुई वटा टेलिफोन नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सक्ने जानकारी गराएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया