नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने बताएका छन् ।
मंगलबार यहाँ आयोजित कार्यक्रममा मन्त्री चौधरीले भने, “स्काउट २०५० सालमा बनेको ऐनअनुसार सञ्चालन भएको छ । संस्थालाई आवश्यक पर्ने अन्य ऐन मेरै कार्यकालमा पारित गर्नेगरी प्रयास गर्छु”। उनले देश सङ्घीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोहीअनुसार रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।
मन्त्री चौधरीले सात सय ५३ वटै पालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवामा चरित्र निर्माणमा मद्दत मिल्ने राससलाई बताए । युवा तथा बालकालिकामा सामाजिक संस्कार र नैतिकता खस्किँदै गएकामा उनले चिन्ता व्यक्त गरे । स्काउटले प्राकृतिक विपत्तिका बेला गरेको सेवाको उनले प्रशंसा गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया