निर्वाचनसम्बन्धी ऐन संशोधन प्रस्ताव चाँडै संसद्मा लैजान जोड
काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्तावलाई छिट्टै संसद्मा लैजान जोड दिएका छन् । निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीसँगको सोमबार भएको छलफलमा उनले निर्वाचनसम्बन्धी ऐन संशोधन तथा राजनीतिक दलसम्बन्धी ऐन संशोधन प्रस्ताव छिट्टै संसद्मा लैजानुपर्ने बताएका हुन् ।
दुवै ऐनको संशोधन प्रस्तावलाई पारित गराउन आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता समेत जनाएका थिए । ‘ती संशोधन प्रस्तावहरूलाई पारित गर्नुपर्छ । त्यसकारण जतिसक्दो चाँडो ल्याउनुहोस् । केही कुरा टुङ्ग्याउन बाँकी छ भने संसद्ले नै टुङ्ग्याउँछ,’ उनले भने । यस्तै, कार्यक्रममा गृहमन्त्री लेखकले आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ रहेको बताए । आयोगले पारदर्शी, स्वच्छ, स्वतन्त्रता, निष्पक्ष र विश्वसनीय निर्वाचन सञ्चालन र व्यवस्थापनमा कुशलतापूर्वक भूमिका निर्वाह गरेको उनको भनाइ थियो । यसका साथै निर्वाचन आयोगको भवनलगायतका पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने उनले बताए ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानमा सबै तहका निर्वाचनहरूको सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्नका लागि आयोगले स्वतन्त्र एवम् स्वायत्त भएर काम गरेको बताए । यस्तै, उनले निर्वाचन आयोगको कार्यालय भवनको पुनर्निर्माण, प्रस्तावित एकीकृत निर्वाचन कानुन र सोमा भएका नयाँ व्यवस्था तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई परिमार्जित गरी परिष्कृत गर्दा व्यवस्था गर्नुपर्ने मुख्य विषयहरूका बारेमा गृहमन्त्रीलाई जानकारी गराएका थिए । उक्त छलफल कार्यक्रममा निर्वाचन आयोगका आयुक्तहरू, आयोगका सचिव, गृह मन्त्रालयका सचिव तथा आयोग र गृह मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया