Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशविराटनगर भन्सारका एजेन्ट उप्रेती र लगिन नम्बर ९३९ विवादित

विराटनगर भन्सारका एजेन्ट उप्रेती र लगिन नम्बर ९३९ विवादित


विराटनगर । पटक–पटक विवादमा तानिँदै आएका विराटनगरका भन्सार एजेन्ट फेरि विवादमा मुछिएका छन् । अहिले भन्सार विभागले दिएको निर्देशनविरुद्ध नै भन्सार जाँचपासमा संलग्न भएको पाइएपछि उनीहरूको कार्यशैलीलाई लिएर प्रश्नहरू उठ्न थालेको हो ।

विराटनगर भन्सारमा भन्सार अधिकृतबाट उमेरहदका कारण अवकास पाएका गोपीकृष्ण उप्रेतीले भन्सार अधिकृतमा बहाल रहेकै बेला भन्सार एजेन्ट पास गरी विराटनगर भन्सारमै क्लियरिङको काम गर्ने गरेको खुलेको छ । उप्रेती पछिल्लो समय पनि भन्सार एजेन्टको आसीकुडा लगिन नम्बर ९३९ प्रयोग गरी विराटनगर भन्सारबाट भन्सार जाँचपासमा सक्रिय छन् । उनी पटक–पटक विवादमा समेत तानिँदै आएका छन् । पछिल्लो समय भन्सार एजेन्टले भन्सार याडमा आएका मालवस्तु निकासी तथा पैठारी गर्दा भन्सार विभागबाट प्राप्त युजर आईडी ९३९ को व्यापक दुरुपयोग हुन थालेको छ । सेवानिवृत्त कर्मचारीबाटै सरकारले दिएको निर्देशनको खिल्ली उडाएर युजर आईडीको दुरुपयोग गरिएको भन्सार एजेन्टहरूले बताएका छन् ।

तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दा नै भन्सार प्रतिनिधिको ब्यवस्थालाई खारेज गरेपछि स्वयं भन्सार एजेन्ट आफैँ उपस्थित भएर भन्सार जाँचपासमा संलग्न हुन निर्देशनात्मक व्यवस्था गरेका थियो । तर स्वयं सरकारबाट पेन्सन समेत नियमित खाइरहेका सेवानिवृत्त कर्मचारी एवं भन्सार एजेन्ट उप्रेतीले सरकारले दिएको निर्देशनलाई समेत खिल्ली उडाएका हुन् । भन्सार विभागबाट गत वैशाख २१ गते भन्सार कार्यालयहरूलाई पत्र लेखी कडाइका साथ भन्सार एजेन्टको उपस्थितिमा मात्रै कुनै पनि मालवस्तुको भन्सार जाँचपास गर्नू भन्ने निर्देशनात्मक आदेश जारी गरेको थियो । सो आदेशलाई समेत अटेर गरेका छन् ।

उप्रेतीले आफूले पाएको लगिन नम्बर ९३९ को युजर आईडी मासिकरूपमा रकम लिने गरी दोस्रो व्यक्तिलाई बिक्री गरी आफू काठमाडौं बस्दै आएको अरू भन्सार एजेन्टले जानकारी दिएका छन् । यसरी स्वयं कर्मचारी भएर सरकारको अहिले पनि सरकारी राजस्वबाट मासिकरूपमा सिधा समेत खाइरहेका उच्च ओहदाका कर्मचारीबाट समेत यो हदसम्म पुगेर सरकारको निर्देशनलाई अटेर गर्नु कारबाहीको भागिदार हुनु रहेको भन्सार कर्मचारीले बताएका छन् । उप्रेतीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग आवश्यक कानुनी प्रावधानका विषयमा छलफल भइरहेको भन्सार विभाग स्रोतहरूले जनाएको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x