नगरप्रहरीले नागरिकमैत्री काम गरिरहेको महानगरप्रमुखको भनाइ
पाटन (ललितपुर) । ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीले नागरिकमैत्री भएर सकारात्मक काम गरिरहेको बताएका छन् । ललितपुर महानगरपालिकाद्वारा बिहीबार आयोजित ‘प्रकाशित तस्बिरमा नगरप्रहरी’ पुस्तक विमोचन कार्यक्रममा उनले महानगरबाट भएका निर्णय विवादरहित तवरले कार्यान्वयन गर्न नगरप्रहरीले सराहनीय काम गरेको धारणा राखे ।
“मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा शून्य सहनशीलताको नीतिअनुसार काम गरिरहेका छौँ, एउटा तस्बिरले धेरै शब्द बोल्छ भने जस्तै तस्बिरले थुप्रै काम भएको देखाएको छ, महानगर प्रहरीले वादविवादरहित तरिकाले कार्यसम्पादन गर्न सफल भएको छ”, प्रमुख महर्जनले भने, “महानगरका लागि सबै बराबर हुन, कसैलाई काखापाखा हुने गरी निर्णय हुँदैन, यहीअनुसार नगर प्रहरीले सकारात्मक भएर नागरिकलाई केन्द्रमा राखी काम गरिरहेको छ ।” उनले विवादरहित तवरले स्थानीय तहका निर्णय कार्यान्वयनमा ललितपुर महानगर प्रहरीले गरेको काम अन्य महानगर र नगरपालिकाहरुले पनि पछ्याउन योग्य रहेको राससलाई बताए ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले ललितपुर महानगरले गरेको निर्णयलाई कार्यान्वयन गर्ने र विपद् व्यवस्थापन गर्ने क्रममा नगर प्रहरीले खेलेको भूमिका महत्वपूर्ण भएको बताए । “समस्या समाधान गर्ने क्रममा राम्रो काम गरेको छ, सम्पदा संरक्षण, फुटपाथ व्यवस्था र ट्राफिक व्यवस्थापनका लागि आगामी दिनमा सहयोगी भूमिका निर्वाह हुनेछ, थप रचनात्मक कामले आगामी दिनमा अझै राम्रो काम हुनेछ भन्ने विश्वास छ”, उनले भने ।
चलचित्र निर्माता तथा निर्देशक प्रकाश सायमीले तस्बिर हुनुले धेरै लामो समयसम्म इतिहास कायम रहने बताए । नगर प्रहरीले आफूले गरेको कामलाई समेटेर तस्बिर प्रकाशन गर्न सक्नु भनेको कामप्रतिको विश्वास भएको धारणा राखे । इमानदारीपूर्वक काम गर्दा जनता सधैँ साथमा हुने बताउदै ललितपुरको सम्पदा र संस्कृति संरक्षणमा प्रहरीले पुर्याएको योगदान अतुलनीय भएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले नगर प्रहरीले सम्पादन गरेका क्रियाकलापहरु समेटेर पछिल्लो पुस्तालाई पनि उपयोगी हुने पुस्तक तयार भएको बताए । “सहरी सौन्दर्यता कायम गर्न, अतिक्रमण भएका सार्वजनिक सम्पत्तिको संरक्षण गर्न, स्थानीय समस्याहरु समाधानमा नगर प्रहरीबाट महत्वपूर्ण काम भएको छ, स्थानीय तहको प्रभावकारिता वृद्धिमा नगर प्रहरीको भूमिका महत्वपूर्ण छ”, उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले राजस्व सङ्कलनमा घरघरमा नगर प्रहरी अभियानले महत्वपूर्ण सहयोग पुगेको बताउँदै जनताको जनविश्वास आर्जन गर्नेगरी काम गर्न आग्रह गरे ।
पुस्तकमा नगर प्रहरीले कार्यसम्पादनको सिलसिलामा काम गर्दा खिचिएका तस्बिरहरु समेटिएका छन् । ललितपुर महानगरले गुनासो सुन्न हटलाइन ११३१ को व्यवस्था गरेको बताउँदै नगर प्रहरी प्रमुख सीताराम हाछेथुले उक्त हटलाइनमा प्रतिघण्टामा ५५ वटासम्म गुनासो दर्ता हुने गरेको जानकारी दिए ।
क्याटेगोरी : पालिका समाचार, महानगर, समाचार
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया