‘वनभित्रै वन्यजन्तुलाई आहारा व्यवस्थापन गर्न फलफूल जङ्गल’
बनियानी (झापा) । झापाको अर्जुनधारामा बिहीबार आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सरकारले फलफूल जङ्गलको अवधारणा अघि सारेको बताएकी छन् ।
उनले सरकारले यो वर्षदेखि फलफूल जङ्गल (फ्रुट फरेष्ट)को अवधारणाका लागि मन्त्रालयले बजेटसमेत् छुट्याएको जानकारी दिइन । वन जङ्गलमा पाइने विशेष प्रकृतिका फलफूल संरक्षण गर्नुपर्नेमा जोड दिंदै उनले भनिन, “वन क्षेत्रका वन्यजन्तुलाई वनभित्रै आहार व्यवस्थापन गर्ने सोचका साथ यो अवधारणा अघि सारिएको हो ।”
पर्यावरणको संरक्षण गर्न नसके सबै जीवको अस्तित्व सङ्कटमा पर्ने भएकाले पर्यावरण संरक्षणमा जोड दिएको उनले बताइन् । वनमा आश्रित पशुपन्छीको आहारा व्यवस्थापनका लागि यसै वर्षदेखि सुरु गरेको पशुपन्छी बास बगैँचा कार्यक्रमको प्रशंसा गर्दै उनले भनिन, “मान्छेले मात्र होइन, सबै पशुपन्छीले खान पाउनुपर्छ ।”
अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनले सामुदायिक वनबाट निस्किने जङ्गली जनावर तथा चराचुरुङ्गीले आसपासका किसानले लगाएको बालीमा क्षति पुर्याउँदै आएकाले सोको न्यूनीकरण गर्न सामुदायिक वनमा पशुपन्छीमैत्री बिरुवा रोप्ने अभियान सुरु गरिएको बताए ।
“पशुपन्छी खानाको खोजीमा बस्ती पस्दा किसानलाई नोक्सान हुने गरेको छ”, उनले भने, “पशुपन्छीलाई वनभित्रै आहाराको व्यवस्थापन गर्ने उद्देश्यले यो कार्यक्रम गरिरहेका छौँ ।” पशुपन्छी बास बगैँचा कार्यक्रमका लागि नगरले १० लाख बजेट छुट्याएको उनले बताए ।
उपसभामुख राना, रौतहट–४ का सांसद देवप्रसाद तिम्सिना, नगरप्रमुख गोम्देन, नेपाली सेनाका सहायक रथी युवधिरमानसिंह अधिकारी, अरिदमन गण चारआलीका गणपति प्राजु बस्नेत, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रपसाद प्रसाईंलगायतले वन परिसरभित्र वृक्षारोपण गरेका थिए ।
नेपाली सेनाको अरिदमन गणले नगरको ‘पशुपन्छी बास–बगैँचा कार्यक्रम’ का लागि अमला, तित्री, हर्रो, बर्रो, अम्बक, लिच्ची र जामुनको दुई हजार बोट बिरुवा प्रदान गरेको छ । नगर क्षेत्रका सामुदायिक वनमा पाँच हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया