काठमाडौं । मानव स्वास्थ्य र वातावरणमा असर गर्ने प्लास्टिकका सामग्रीको प्रयोग हटाउन ‘प्लास्टिक फ्रि जोन’ अभियानको सुरुवात गरिएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बिहीबार सो अभियानको शुभारम्भ गरेका हुन् ।
वातावरणका क्षेत्रमा कार्यरत संस्था ‘साथसाथै फाउन्डेसन’को प्रनितिधिमण्डलसँग मन्त्रालयमा भएको भेटवार्तापछि उनले आफ्नै कार्यकक्षमा रहेका खानेपानीका प्लास्टिकका बोतल हटाएर सो अभियान प्रारम्भ गरेका हुन् । मन्त्रालयका सबै कार्यकक्षमा प्रयोग गर्न अयोग्य प्लास्टिकका सामग्री हटाएर अभियानको सुरुवात गरेको र बाँकी अन्य मन्त्रालय र निकायलाई पनि आग्रह गरेर यसरी नै सिंहदरबार ‘प्लास्टिक फ्रि जोन’ बनाउन पहल गर्ने बताए । सिंहदरबारका प्रवेशद्वारमा ‘प्लास्टिक फ्रि जोन’सम्बन्धी सचेतनामूलक होडिङ बोर्ड राखेर अनुगमन गरी अभियान अघि बढाउने पनि मन्त्री ठकुरीले प्रतिबद्धता जनाएका छन् । साथै, उनले सबैले पुनःप्रयोग गर्न मिल्ने सामग्रीको उपयोग गरेर वातावरण स्वच्छ बनाउन र जीवनशैलीमा मितव्ययिता अपाउनुपर्नेमा जोड दिए ।
साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले दिगो वातावरण र प्रकृति जोगाउनका लागि दैनिक जीवनमा प्रयोग हुने सामग्रीको पुनः प्रयोग गर्ने, कम प्रयोग गर्नेलगायत अभियानका लागि सचेतना आवश्यकतामा जोड दिएकी थिइन् । सरकारले वातावरण र मानव स्वास्थ्यमा पर्ने जोखिम न्यूनीकरण गर्न २०७८ साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यस्तै, सरकारले २०७९ साउन १२ गते राजपत्रका सूचना प्रकाशित गरेर नेपालभर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री वितरण वा भण्डारण गर्न रोक लगाउने निर्णय गरेको थियो । तर उक्त निर्णयहरू भने पूर्णरूपमा कार्यान्वयन भएको देखिँदैन । मन्त्रालयअन्तर्गतको वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवालीले उक्त निर्णय कार्यान्वयनका लागि विभागले सरोकारवाला व्यक्ति र निकायसँग छलफल गर्दै आएको बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया