Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘देश गरिबीबाट मुक्त नभएसम्म समृद्धि हासिल हुँदैन’

‘देश गरिबीबाट मुक्त नभएसम्म समृद्धि हासिल हुँदैन’


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देशवासीलाई गरिबीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा नहुने बताएका छन् । ‘लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के’को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई सम्बोधन गर्दै उनले मुलुकलाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्न रोजगारी, उत्पादन र उद्यमशीलतामा विशेष जोड दिन आवश्यक रहेको बताए । अझै पनि २० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै उनले भोका बालबालिकका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता नरहने बताए । उनले भने, ‘हालै संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिसँगको भेटमा मैले यो कुरा गरेको थिएँ । मानव जगत्को सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चासो हो । मानव जाति नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामा जोखिम पर्न सक्छ । अशान्ति हुन सक्छ । त्यसैले मानवको रक्षा पहिलो दायित्व हो भन्ने भावनाका साथ सबैले काम गर्नुपर्छ ।’

आफूले सत्य र निष्ठाको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मान्यताका साथ काम गरिरहेको उनले बताए । ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ’, उनले भने । प्रधानमन्त्री ओलीले समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको उल्लेख गरे । आफूलाई अग्लो देखाउन अरूलाई होचो भन्ने वा असत्य कुरालाई आधार मानेर गाली गलौज र बदनाम गर्नेको प्रवृत्ति सही भएको उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x