हिमालयन लाइफ इन्स्योरेन्समा परिवारवाद हाबी
नेतृत्व नसच्चिए प्रतिवाद गर्ने कर्मचारीहरूको चेतावनी
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा परिवारवाद हाबी भएको आरोप कर्मचारीहरूले लगाएका छन् । सञ्चालक तथा व्यवस्थापन प्रमुखहरूले कम्पनीमा परिवारवाद हाबी गराएकै कारण कम्पनीले प्रगति हासिल गर्न नसकेको इन्स्योरेन्सकोे कर्मचारी संघको आरोप छ । कर्मचारीहरूले सामूहिकरूपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको नाममा ध्यानकर्षण पत्र लेख्दै अब पनि नसच्चिए प्रतिवाद गर्ने चेतावनी दिएका छन् । संघका तर्फबाट अध्यक्ष हरिबहादुर खड्काले ध्यानाकर्षण पत्र लेख्दै नेतृत्वलाई यस्तो चेतावनी दिएका हुन् ।
ध्यानकर्षण पत्रमा भनिएको छ, ‘कम्पनीको उत्तरोत्तर प्रगति र विकासमा कर्मचारीहरूले संस्थागतरूपमा ट्रेड युनियनको माध्यमबाट उल्लेख्य सहयोग गर्नुका साथै, कर्मचारीहरूको हकहितको संरक्षण र संवद्र्धन गर्ने पवित्र उद्देश्यबाट संघ स्थापना भई क्रियाशील रहेको बेहोरा स्मरण गराउन चाहन्छौँ । यस कम्पनीलाई नेपालको बीमा बजारमा सर्वोत्कृष्ट जीवन बीमा कम्पनीको रूपमा स्थापित गराउन कम्पनीको व्यवस्थापन, कर्मचारीहरूलगायत सम्पूर्ण सरोकारवाला निकायहरूको सहकार्य र भूमिका महत्वपूर्ण रहने कुरा निर्विवाद नै रहेको छ । यसै क्रममा कम्पनीमा सुधार गर्नुपर्ने कार्यहरू र भइरहेका नराम्रा गतिविधिहरूका विषयमा यस संघले विभिन्न समयमा कम्पनीको हितको निमित्त उच्च व्यवस्थापनलाई ध्यानाकर्षण पत्रमार्फत जानकारी उपलब्ध गराउँदै आएको पनि स्मरण गराउन चाहन्छौँ ।’
‘आर्थिक वर्ष २०८०÷८१ मा कम्पनीले निर्दिष्ट गरेको व्यावसायिक लक्ष्य हासिल गर्न कम्पनी सफल नभएको हामी सबैलाई जानकारी नै छ । उच्च व्यवस्थापनले दीर्घकालीन सोचका साथ कुनै पनि व्यावसायिक योजनाहरू उचित समयमा जारी गर्नुपर्दछ । साथै, योजनाहरूमा अधिकतम सहभागीहरू छनोट गराउन पनि उत्प्रेरणात्मक भूमिका खेल्नुपर्ने हुन्छ । कुनै पनि बजारीकरण गर्ने कर्मचारीको व्यावसायिक उपलब्धि विश्लेषण गर्दा, कम्पनीले आफ्नो वार्षिक लक्ष्यमा हासिल गरेको उपलब्धिसँग विश्लेषण गर्दा उपयुक्त हुन्छ ।
साथै, प्रादेशिक संरचनाअन्तर्गत रहेका नेतृत्व तहको भूमिकालाई पनि महत्वका साथ विश्लेषण गर्नुपर्दछ । मर्जरपछि पनि प्रादेशिक कार्यालयहरूमा उपयुक्त कार्य संस्कृति स्थापित नभई नजिक र नातावाद र कृपावाद अझै कायम रहिरहनु र सम्बन्धित नेतृत्व सबै कुराको जानकारीका बाबजुत पनि मुकदर्शक भई यस्ता गतिविधि गर्नेलाई केही पनि नगरी छुट दिने कार्य भइरहेको अवस्थामा कम्पनीमा सुशासन, अनुशासन र असल संस्कृति निर्माणका लागि यस्ता व्यक्तिहरूविरुद्ध खडा हुने जनाउँदै अबउपरान्त पनि नेतृत्व तहबाट यस्ता अनुचित क्रियाकलाप बन्द नभएमा संघ व्यक्तिविशेषको नाम नै उल्लेख गरी त्यस्ता व्यक्तिहरूविरुद्ध कडारूपमा प्रस्तुत हुने र यसबाट सिर्जना हुने जुनसुकै परिणामको सम्पूर्ण जिम्मेवारी प्रमुख कार्यकारीको हुने कुराको ध्यानाकर्षण गराउँदछौँ’, ध्यानाकर्षण पत्रमा उल्लेख छ ।कम्पनीको उच्च व्यवस्थापनबाट लिइएका कमजोर व्यावसायिक रणनीति, नीति तथा योजनाहरू, कर्मचारी तालिम तथा उत्प्रेरणासँग सम्बन्धित निर्णयहरू, दीर्घकालीन दृष्टि, असल तथा भेदभावरहित कार्य वातावरणजस्ता कुराहरूमा आवश्यक सुधारहरू गर्न समेत उच्च व्यवस्थापनको ध्यानाकर्षण गराइएको पत्रमा उल्लेख छ ।
क्याटेगोरी : बीमा बजार, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया