कुन बैंकको चुक्ता पुँजी कति ? वाणिज्य बैंकहरूको चुक्ता
पुँजी तीन खर्ब ७९ अर्ब
वाणिज्य बैंकहरूको चुक्ता पुँजी तीन खर्ब ७९ अर्ब दुई करोड रूपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०÷८१ को अन्तिमसम्म सो चुक्ता पुँजी कायम गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा नौ अर्ब १६ करोड ३० लाख रूपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरूको यस्तो चुक्ता पुँजी तीन खर्ब ६९ अर्ब ८५ करोड ७० लाख रूपैयाँ थियो ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी चुक्ता पुँजी ग्लोबल आईएमई बैकको छ भने सबैभन्दा कम स्टान्डर्ड चार्टर्ड बैंकको छ । ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०८०÷८१ मा ३६ अर्ब १२ करोड ८७ लाख ७० हजार रूपैयाँ चुक्ता पुँजी छ । स्टान्डर्ड चार्टर्डको चुक्ता पुँजी नौ अर्ब २२ करोड ९४ लाख ५४ हजार रूपैयाँ छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी भने आर्थिक वर्ष २०८०÷८१ मा ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रूपैयाँ छ । नबिल, कुमारी र प्रभु बैंकको चुक्ता पुँजी क्रमशः २७ अर्ब पाँच करोड ६९ लाख ९७ हजार, २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार र २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रूपैयाँ छ ।
लक्ष्मी सनराइज, हिमालयन र प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०८०÷८१ क्रमशः २३ अर्ब १८ करोड ७१ लाख ५५ हजार, २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार र १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।आर्थिक वर्ष २०८०÷८१ मा कृषि विकास बैंक, एनएमबी बैंक र राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी क्रमशः १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार, १८ अर्ब ३६ करोड ६७ लाख छ हजार र १५ अर्ब ६३ करोड ७३ करोड ७७ लाख रूपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । एनआईसी एसिया बैंक, नेपाल बैंक र सिटिजन्स बैंक इन्टरनेसनलले भने पछिल्लो अवधिमा क्रमशः १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार, १४ अर्ब ६९ करोड ४० लाख २२ हजार र १४ अर्ब २० करोड नौ लाख ७४ हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । सिद्धार्थ बैंक, सानिमा बैंक र एभरेष्ट बैंकको चुक्ता पुुँजी पछिल्लो समय क्रमशः १४ अर्ब आठ करोड ९९ लाख ८० हजार, १३ अर्ब ५८ करोड १५ लाख २४ हजार र ११ अर्ब ७६ करोड ७९ लाख चार हजार रूपैयाँ पुगेको छ । माछापुच्छे« बैंक र नेपाल एसबीआई बैंकले भने आर्थिक वर्ष २०८०÷०८१ मा क्रमशः ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार र १० अर्ब ५० करोड एक लाख ५२ हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया