कर्णाली राजमार्गमा करिब दर्जन बढी स्थानमा पहिरो
जुम्ला । निरन्तरको वर्षाका कारण कर्णालीको जुम्ला र कालिकोट खण्डमा पहिरो गइरहेको छ । साउन महिनामा मात्रै कर्णाली राजमार्गमा करिब दर्जन बढी स्थानमा पहिरो गएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चेतन कुमार मण्डलका अनुसार राजमार्गमा निरन्तर आएको पहिरोले सकस बनाएको हो ।
उनका अनुसार निरन्तर सडकमा पहिरो जाने भएकाले त्यस क्षेत्रमा स्रोत साधन प्रयोग गरेर काम भइरहेको छ । कर्णाली राजमार्ग अन्तरगत मोल्फा र चौखोलामा ठुलो पहिरो गएको छ । सडक सुचारु गर्न गाल्जेबाट एक्स्काभेटर पठाउने तयारी भइरहेको छ । असार र साउन महिनामा कतै ठुलो पहिरो त कतै सानो पहिरो आएका कारण समस्या भएको हो ।
यसैगरी अविरल वर्षाको कारण सुर्खेत जुम्ला सडक खण्ड अन्तर्गतको गगने खोला र कालेखोला कालिकोटमा आएको पहिरोले गर्दा अवरुद्ध भएको बाटो सञ्चालनमा आएको थियो । साउन महिनामा जुम्ला र कालिकोट खण्डको विभिन्न क्षेत्रमा अविरल वर्षाको कारण यस डिभिजनको कार्यक्षेत्र कालिकोटको राँचुली, मोल्फा र फुर्के साँझमा आएको पहिरोले गर्दा बाटो अवरुद्ध भएको थियो ।
सडकले निरन्तर पहिरो गइरहेका कारण यात्रुहरूलाई सावधानी अपनाएर यात्रा गर्न सूचना जारी गर्दै आएको छ । राजमार्गमा निरन्तर पहिरो गएका कारण समस्या भइरहेको छ भने यात्रुहरूलाई उत्तिकै सकस बनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
- सातबुँदे घोषणापत्र जारी गर्दै सकियो युथ समिट
- ११ लघुजलविद्युत् आयोजनाका करोडौंका उपकरण प्रयोगविहीन
- लक्ष्मी सनराइज बैंकद्वारा दुई सयभन्दा बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम
- कृषि विकास बैंक सञ्चालक समितिको सदस्यमा मैनाली
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया