नेपाल ट्रस्टको नाममा रहेको जग्गा खोजी गर्न निर्देशन
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले नेपाल ट्रस्टको नाममा रहेको जग्गाको खोजी गर्न सञ्चालक समिति र कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार नेपाल ट्रस्टको कार्यालय कमलादीमा पुगेर मन्त्री अधिकारीले ट्रस्टको नाममा रहेको जग्गाको रेखदेख संरक्षण र यसको सम्पत्तिलाई उपयोगी हुने गरी प्रयोग गर्न निर्देशन दिए ।
यसैगरी ट्रस्टसँग काठमाडौंलगायत देशका विभिन्न भू–भागमा जग्गा जमिन, ऐतिहासिक दरबार, व्यावसायिक भवनहरू, विभिन्न निकायमा सेयर रहेको उल्लेख गरे । भएका सम्पत्तिमार्फत ट्रस्टलाई नाफा हुने गरी कानुनसम्मत तरिकाले काम गर्न र ट्रस्ट मातहत ल्याउनुपर्ने जग्गा तथा भवनहरूको खोजबिन गर्न उनले निर्देशन दिए । यस्तै, उनले ट्रस्टका सचिव रामआधार शाहलाई हालसम्मको प्रगति विवरण र आउने आर्थिक वर्षमा अनिवार्य सम्पादन गर्न सकिने कामहरूको लिस्ट तयार गरेर जतिसक्दो छिटो जानकारी गराउन समेत निर्देशन दिए ।
कार्यक्रममा सचिव, सञ्चालक समितिका सदस्यहरू, कर्मचारीलगायतको उपस्थिति रहेको थियो । प्रधानमन्त्री संरक्षक रहने ट्रस्टको अध्यक्षमा प्रधानमन्त्री केपी ओलीले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीलाई जिम्मेवारी तोकेका थिए ।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ ले ‘राजा वीरेन्द्र, रानी ऐश्वर्या र निजहरूको परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रस्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ’ भन्ने व्यवस्था गरे मुताविक नेपाल ट्रस्ट स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने अध्यादेश, २०६४ जारी भई नेपाल ट्रस्ट स्थापना भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान
- मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
- बजार परिसुचक २६ सय ३७ बिन्दुमा
- उद्योगको विरोधबीच अमेरिकाले चिनियाँ वस्तुमा बढायो कर
- जापानमा गर्मी
- बंगलादेशमा नियमित विद्युत् आपूर्तिमा समस्या
- पाकिस्तानलाई एडीबीको ऋण सहयोग
- रूस र युक्रेनबीच २०६ युद्धबन्दी आदानप्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया