नक्कली नाफा देखाएर महँगो मूल्यमा सेयर बिक्री गरेको घोराही सिमेन्टको कर्तुत पुष्टि
कम्पनी एक अर्ब २१ करोड नोक्सानीमा, प्रतिसेयर आम्दानी २६ रुपैयाँ ऋणात्मक
काठमाडौं । नक्कली नाफा देखाएर महँगो मूल्यमा सेयर बिक्री गरेको घोराही सिमेन्टको कर्तुत पुष्टि भएको छ । घोराही सिमेन्टले गत जेठमा कम्पनीको वित्तीय अवस्था निकै उत्कृष्ट रहेको कागजी नाफाका आधारमा महँगो मूल्यमा साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया सुरु गरेको थियो । तर, कम्पनीले वास्तविक वित्तीय अवस्थासँग मेल नै नखाने गरी अस्वाभाविक नाफा देखाएर महँगो मूल्यमा सर्वसाधारणलाई सेयर बिक्री गर्न खोजेपछि उक्त सेयर बिक्रीकार्यविरुद्ध नेपाल धितोपत्र बोर्डलगायतका निकायमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा बोर्डले अनुसन्धान गर्दा सेयर बिक्रीकार्यमा कैफियत देखिएको भन्दै कम्पनीको सेयरको बिक्री प्रबन्धकको रुपमा काम गर्दै आएको हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई साधारण सेयरको बिक्रीकार्य स्थगन निर्देशन दिएको थियो ।
पछि २०८१ जेठ ३२ गतेबाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्रीमा ल्याएको थियो । कम्पनीले प्रतिकित्ता प्रिमियम मूल्य चार सय ३५ रुपैयाँ कायम गरेर सर्वसाधारणलाई बिक्री गर्न सफल भएको थियो । कुल ६९ लाख ११ हजार छ सय ७० कित्ता सेयर सर्वसाधारणले असार ४ गतेसम्म खरिद गर्न पाउने सीमा तोकिएको थियो । कम्पनीले निर्धारित समयभित्र सेयर बिक्री नभएको अवस्थामा भने असार १४ गतेसम्म सेयर खरिद गर्न सकिने जनाएको थियो ।
सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो । रेटिङ एजेन्सी केयर नेपालले घोराही सिमेन्टको आईपीओलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको थियो । कम्पनीले आईपीओ जारी गरेपछि आर्थिक दैनिकले घोराही सिमेन्टको अवस्था राम्रो नभएको भन्दै लगानीकर्ताहरुलाई सचेत हुन आग्रह गर्दै समाचार सम्प्रेषण गरेको थियो ।
यी सबै कुराको पुष्टि कम्पनीले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणबाट भएको छ । वित्तीय विवरणअनुसार कम्पनीले एक अर्ब २१ करोड ८८ लाख ८४ हजार आठ सय ८३ रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । जब कि अघिल्लो आर्थिक वर्षमा कम्पनीले छ करोड ३१ लाख ५३ हजार सात सय २२ रुपैयाँ खुद मुनाफा कमाएको देखाएको थियो । खुद नोक्सानी बेहोरेपछि कम्पनीको कुल दायित्व पनि निकै खस्केको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको कुल दायित्व २६ अर्ब ३९ कारेड १८ लाख २८ हजार एक सय २६ रुपैयाँ थियो । तर, गत आर्थिक वर्षमा कम्पनीको कुल दायित्व २३ अर्ब ३९ करोड २५ लाख ५८ हजार आठ सय सात रुपैयाँमा खुम्चिएको छ ।
अहिले कम्पनीको प्रतिसेयर आम्दानी पनि २६ रुपैयाँ ६८ पैसाले ऋणात्मक देखिएको छ । कम्पनीले आफ्नो वित्तीय अवस्था कमजोर हुनुको पछाडि अर्थतन्त्रमा आएको मन्दीलाई दोष दिएको छ । आर्थिक मन्दी, विकास निर्माणको काम सुस्त हुनु, सिमेन्टको प्र्रतिस्पर्धात्मक बजारमा बिक्रीमूल्यमा बढाउन सकिने अवस्था नहुनु, बैंकबाट लिएको ऋणमा उच्च ब्याजदर कायम हुनु, सिमेन्टको कच्चापदार्थ चुनढुंगाको उत्खननमा धेरै समय लाग्नु र खपतको तुलनामा सिमेन्ट उत्पादन अधिक हुनुले वित्तीय अवस्था खस्केको बताएको छ ।
कम्पनीको वित्तीय अवस्था कमजोर रहेको जानकारी आईपीओ निष्काशन गर्नलागेकै समयमा कम्पनीमा कार्यरत एक कर्मचारीले आर्थिक दैनिकलाई दिएका थिए । नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले उद्योगको वित्तीय अवस्था राम्रो नभए पनि ‘प्रोपोगान्डा’ र अनेकौँ हतकण्डा अपनाएकै भरमा सेयर निष्काशन गर्न सफल भएको बताए थिए । ‘हेरिराख्नुहोस्, उद्योगको सेयर खरिद गर्ने लगानीकर्ताहरू डुब्न सक्छन्’, ती कर्मचारीले भनेका थिए, ‘अन्य कम्पनीको साधारण सेयरजस्तै सम्झेर लगानीकर्ताहरूले सेयर खरिद गरे, तर यसको वास्तविकता अर्कै रहेको छ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान
- मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
- बजार परिसुचक २६ सय ३७ बिन्दुमा
- उद्योगको विरोधबीच अमेरिकाले चिनियाँ वस्तुमा बढायो कर
- जापानमा गर्मी
- बंगलादेशमा नियमित विद्युत् आपूर्तिमा समस्या
- पाकिस्तानलाई एडीबीको ऋण सहयोग
- रूस र युक्रेनबीच २०६ युद्धबन्दी आदानप्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया