डोटीमा रात्रि बस दुर्घटना हुँदा १७ जना घाइते
दिपायल । डोटीमा जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ समूहगाड अन्तरगत रेडियो नेपालको मोडमा रात्रि बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४९१ नम्बरको रात्रि बस शुक्रबार बिहान ४ः २० बजे दुर्घटना भएको हो । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार दुर्घटनामा चालक सहित १७ जना घाइते भएका छन् । दुर्घटनामा घाइते १६ जना बसमा सवार यात्रुहरू हुन् भने एक जना घरमा सुतिरहेकी महिला हुन् । बस सडकबाट स्थानीयको घर माथि खसेको थियो । प्रहरीले घरमा पनि क्षति पुगेको जनाएको छ ।
बस चालक शिखर नगरपालिका–१० का २८ वर्षीय भरत रावल र बसका साहु केआईसिंह गाउँपालिका–२ का ४६ वर्षीय कमल विक्रम शाही घाइते भएको प्रहरीले जनाएको छ । गाडीको प्रेसर पाइप फुटेका कारण उकालोमा ब्रेकले काम नगर्दा दुर्घटना भएको चालक रावलले बयान दिएका छन् ।
दुर्घटनामा आदर्श गाउँपालिका–४ भुवाका ३० वर्षीय कृष्ण विष्ट, सोही ठाउँका ३८ वर्षीय सन्तोष बोहरा र आदर्श गाउँपालिकाकै वडा नं १ का २३ वर्षीय प्रकाश खड्का, डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ की २१ वर्षीया सविता देउवा घाइते भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सायल गाउँपालिका–३ का ४० वर्षी दल बहादुर बयाडी, पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहका २१ वर्षीय हिक्मत बिक, बोगटान फुड्सिल गाउँपालिका–६ पलाडीका ३५ वर्षीय देव बोगटी घाइते भएका छन् ।घाइतेहरूको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भइरहेको छ ।
सायल गाउँपालिका–४ का २४ वर्षीय इन्द्र बोगटी, सोही ठाउँका ८२ वर्षीय तेज बहादुर सिंह, ६८ वर्षीय हर्क बहादुर सिंह र ५६ वर्षीय लालवीरे भुल घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका बिरामीहरूलाई थप उपचारका लागि अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इन्द्रजात्राको अवसरमा कन्या कुमारीहरुको सामूहिक पूजा सम्पन्न
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
- सातबुँदे घोषणापत्र जारी गर्दै सकियो युथ समिट
- ११ लघुजलविद्युत् आयोजनाका करोडौंका उपकरण प्रयोगविहीन
- लक्ष्मी सनराइज बैंकद्वारा दुई सयभन्दा बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया