न्युयोर्क । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा चर्चित युवा नेता माननीय ज्ञानेन्द्र शाहीको न्युयोर्कमा भव्य स्वागत तथा सम्मान गरिएको छ ।
अमेरिका भ्रमणका क्रममा न्युयोर्क पुग्नु भएका माननीय शाहीलाई न्युयोर्कका दर्शन ठकुरी समाज र नेपाली भान्सा घरद्वारा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उहाँको भव्य स्वागत तथा सम्मान गरिएको हो ।
दर्शन ठकुरी समाजका अध्यक्ष एवं नेपाली भान्सा घरकी सञ्चालक विमला हमालले फूलगुच्छासहित सम्मानपत्र दिएर नेता शाहीको सम्मान गर्नुभयो ।
कार्यक्रम माननीय शाहीले आफ्नो अमेरिका भ्रमणको उद्देश्यमाथि प्रकाश पार्दै १३ वटा राज्यको भ्रमण गरी त्यहाँ बसोबास गरेका नेपालीहरुलाई भेटेर सुझाव लिनुका साथै केही अमेरिकी सांसदसँग भेटघाट गरी अमेरिकाको शासन प्रणालीबारे आफूले जानकारी लिएको बताउनुभयो ।
उहाँले अरु आठ–नौवटा राज्यको भ्रमण गर्ने जानकारी दिँदै आफू यहाँ भाषण दिन नआएको नभई यहाँ बसेका नेपालीहरुको समस्याबारे सुझाव लिन आएको स्पष्ट गर्दै यहाँको राजनीतिक प्रणाली, प्रशासनिक प्रणालीबारे अध्ययन गर्न आएको बताउनुभयो । उहाँले कार्यक्रममा सहभागीहरुसित प्रश्नोत्तर पनि गर्नु भएको थियो ।
दर्शन ठकुरी समाजका अध्यक्ष एवं नेपाली भान्सा घरकी सञ्चालक विमला हमालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा न्युयोर्क सिटीका मेयरका सल्लाहकार नवराज केसी, अन्तर्राष्ट्रिय स्याङ्जा सहयोग समाजका अध्यक्ष वीरेन्द्र जङ्ग केसी , दर्शन ठकुरी समाजका पूर्वअध्यक्ष एवं बुद्धिजीवी मिलन शाही, हामी नेपाली ग्लोबल न्युयोर्कका अध्यक्ष शोभाकान्त पाण्डेले माननीय शाहीको स्वागत गर्दै रचनात्मक सुझावहरु दिनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा सभाका सभापति विमला हमालले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बहुप्रतिभाशाली एवं समाजसेवी रेशम शाहले गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया