Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमर्स्याङ्दी नदीमा आज विहान यात्रुवाहक बस खस्यो

मर्स्याङ्दी नदीमा आज विहान यात्रुवाहक बस खस्यो


काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा शुक्रबार बिहान यात्रुवाहक बस खसेको छ । बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट मर्स्याङ्दी नदीमा खसेको हो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिएका छन् । प्रारम्भिक जानकारी अनुसार बस भारतीय भएको बुझिएको उनले बताए ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले बस पानीमा तैरिइरहेको र उद्धार कार्य जारी रहेको बताएका छन् । सो बसमा भएका यात्रु संख्या र तिनको अवस्थाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

बसमा ४० जना सवार रहेको र त्यसमध्ये ११ जना बेपत्ता भएको प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले बताएका छन् । यस्तै १४ जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएका छन् ।

एसएसपी माधव पौडेलको कमान्डमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट १० जना गोताखोर सहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्धारमा खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

दुर्घटना स्थल अप्ठ्यारो भीर भएका कारण घाइते र मृतक उद्धारमा डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x