विश्वभरि नै संस्कृत भाषाको महत्व बढ्दै गएको छ: राष्ट्रपति पौडेल
काठमाडौँ । जयतु संस्कृतम् संस्थाले शीतल निवासमा शुक्रबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताएका छन् ।
राष्ट्रपति पौडेलले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्व विश्वव्यापी हुँदै गएको पुष्टि हुने बताए । उनले संस्कृत अमृत भाषा भएको उल्लेख गर्दै यसभित्र अमर सन्देश छन्, जसबाट अहिले पनि मानव जगत् आल्हादिन भइरहेको छ भने ।
संस्कृतमा वसुधैव कुटुम्बकम् भनेर विश्वन्धुत्वको भावना, लोकाः समस्ता सुखिनो भवन्तु भनेर विश्वमानव समुदायको कल्याणको कामना र सर्वे भवन्तु सुखिनः भनेर मानवमात्रको सुख तथा समृद्धिको संकल्प गरिएको पाइन्छ भन्दै राष्ट्रपति पौडेलले यी उदात्त भावना र विचारलाई हामीले मनन् र प्रयोग गर्न सक्नुपर्छ भने ।
शुक्लयजुर्वेदलगायतका कयौँ ग्रन्थ नेपालमै लेखिएका थिए भन्ने अनुसन्धाताको विचार पाइन्छ भन्दै उनले वेदव्यास, वाल्मीकि, विश्वामित्रजस्ता कयौँ ऋषिहरूको तपोभूमि नेपाल हो भने । “संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञान विज्ञानको भण्डार हो, यो भाषा र वाङ्मयको विस्तार आवश्यक छ”, राष्ट्रपति पौडेलले भने ।
२००४ सालमा बोल्न, लेख्न र सङ्गठन गर्न नपाउने जनविरोधी एक तन्त्रीय राणाशासनको युगमा संस्कृत अध्ययन गर्ने छात्रले काठमाडौँमा सशक्त आन्दोलन गरेर राणा सरकारलाई झुक्न बाध्य बनाएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने, “जयतु संस्कृतम् आन्दोलनले नै स्वतन्त्रताको बिगुल फुकेको थियो र प्रजातन्त्रको बीजारोपण गरेको थियो, नेपालमाा प्रजातन्त्रको स्थापनामा जयतु संस्कृतम् आन्दोलनको ठूलो योगदान छ ।”
सबै भाषाभाषीले सबै भाषाभाषीलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण तथा समुत्थान सम्भव हुने राष्ट्रपति पौडेलले विचार व्यक्त गरे । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेल र प्राध्यापक नीलमणि ढुङ्गानालाई जयतु संस्कृतम् पुरस्कार प्रदान गरे ।
सो अवसरमा प्रा डा ऋषिराम पोखरेल, प्रा डा दीर्घराज घिमिरे, प्रा डा रामचन्द्र गौतम, प्रा गोविन्द चौधरी र प्राध्यापक चेतोनाथ आचार्यलाई राष्ट्रपति पौडेलले अभिनन्दन गरेका थिए । कार्यक्रममा जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा. बद्री पोखरेलले संस्कृत भाषाको प्रवर्दनमा गरिएका कामका बारेमा जानकारी गराएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया