संसदीय समितिमा सांसद लामिछानेको नौ घण्टा बयान
काठमाडौं । सहकारी ठगी प्रकरणमा सांसद रवि लामिछानेले शुक्रबार दिउँसो साढे चार बजेदेखि शनिबार बिहान १ बजेसम्म करिब नौ घण्टा संसदीय छानबिन समितिमा बयान दिएका छन् ।
प्रतिनिधिसभाले गठन गरेको सहकारी ठगीसम्बन्धी विशेष संसदीय छानबिन समितिले बोलाएपछि सांसद लामिछानेले त्यति लामो समय बयान दिएका हुन् । समितिले तथ्यगतरूपमा प्रश्न गरे पनि उनले अधिकांश प्रश्नको इन्कारी बयान दिएका थिए ।
समितिले पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीबाट उनी एमडी भएको गोर्खा मिडिया नेटवर्कले रकम अपचलन गरेको विषयमा सोधपुछका लागि बोलाएको थियो । समितिसमक्ष सांसद लामिछानेले ४३ वटा प्रश्नको जवाफ दिएका थिए । समितिले नै उक्त प्रश्न तयार पारेको थियो । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले प्रश्न गरेका थिए भने समिति सदस्य अन्य सांसदले पूरक प्रश्न लामिछानेलाई सोधेका थिए ।
पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीमा लामिछाने सदस्य रहेको र खाता नम्बरसमेत रहेको थियो । सोही विवरण देखाएर प्रश्न गर्दा पनि लामिछानेले आफू सूर्यदर्शन र सुप्रिम सहकारीको सदस्य नरहेको र त्यहाँ कसैलाई पनि नचिन्ने झुटो जवाफ दिएका थिए ।
समितिले गोर्खा मिडिया नेटवर्कमा उनको जिम्मेवारी, टीभीको अहिलेको अवस्था र जिबी राईसँगको चिनजानबारे पनि प्रश्न गरेको थियो । समितिले गोर्खा मिडियामा पैसा कहाँबाट आयो, सहकारीको पैसा जम्मा भएको हो कि होइन भन्ने प्रश्न गरेकामा उनले आफूलाई थाहा नभएको जवाफ दिएका थिए । लामिछानेले आफूले कतै पनि कागजात गरेर ऋण नलिएको भन्दै आफ्नो बचाउ गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया