बैंकहरूको निक्षेप सात खर्ब २४ अर्ब बढ्दा कर्जा तीन खर्बले बढ्यो
आर्थिक वर्ष २०८०÷०८१ मा बैंक तथा वित्तीय संस्थाले गरेको निक्षेप सङ्कलनको तुलनामा कर्जा प्रवाहको वृद्धि निकै कम छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका ५४ वटा संस्थाहरूको कुल निक्षेप सात खर्ब २४ अर्ब ३४ करोड ५० लाख रूपैयाँ बढेको छ । कर्जा प्रवाह भने दुई खर्ब ८७ अर्ब ९० करोड ४० लाख रूपैयाँले बढेको छ । निक्षेप सङ्कलन र कर्जा प्रवाहको बीचमा पाँच खर्ब रूपैयाँको फरक देखिएको छ ।
बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप रकम ६४ खर्ब ९५ अर्ब ५८ करोड ३० लाख रूपैयाँ पुगेको छ । यो निक्षेप अघिल्लो आर्थिक वर्षको तुलनामा सात खर्ब २४ अर्ब ३४ करोड ५० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकिङ क्षेत्रको कुल निक्षेप रकम ५७ खर्ब ७१ अर्ब २३ करोड ८० लाख रूपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम भने ५१ खर्ब ६१ अर्ब ७१ करोड १० लाख रूपैयाँ पुगेको छ । यो कर्जा रकम अघिल्लो आर्थिक वर्षको तुलनामा दुई खर्ब ८७ अर्ब ९० करोड ४० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम ४८ खर्ब ७३ अर्ब ८० करोड ७० लाख रूपैयाँ थियो ।
वाणिज्य बैंकहरूले मात्र भने गत आर्थिक वर्षमा ५७ खर्ब ५६ अर्ब ८० करोड ९० लाख रूपैयाँ निक्षेप सङ्कलन गरेका छन् । यो निक्षेप अघिल्लो आर्थिक वर्षको तुलनामा छ खर्ब ७० अर्ब ५६ करोड ५० लाख रूपैयाँले बढी हो । सो वर्ष वाणिज्य बैंकहरूले कुल ५० खर्ब ८६ अर्ब २४ करोड ४० लाख रूपैयाँ निक्षेप संकलन गरेका थिए । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको कुल कर्जा रकम ४५ खर्ब ६० अर्ब ५८ करोड ८० लाख रूपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा दुई खर्ब ५१ अर्ब ५९ करोड ८० लाख रूपैयाँले बढी हो । सो वर्ष वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४३ खर्ब आठ अर्ब ९९ करोड रूपैयाँ थियो ।
विकास बैंकहरूको छ खर्ब १० अर्ब १७ करोड १० लाख रूपैयाँ निक्ष्ोप सङ्कलन गरेका छन् । यो निक्षेप अघिल्लो आर्थिक वर्षको तुलनामा ३८ अर्ब ५९ करोड ८० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरूको कुल निक्षेप रकम पाँच खर्ब ७१ अर्ब ५७ करोड ३० लाख रूपैयाँ रहेको थियो । आर्थिक वर्ष २०८०÷८१ विकास बैंकहरूको कुल कर्जा रकम पाँच खर्ब एक अर्ब ४३ करोड २० लाख रूपैयाँ छ । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा २९ अर्ब ५४ करोड ६० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको विकास बैंकहरूको यस्तो कर्जा रकम चार खर्ब ७१ अर्ब ८८ करोड ६० लाख रूपैयाँ थियो ।
गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूको कुल निक्षेप एक खर्ब २८ अर्ब ६० करोड ३० लाख रूपैयाँ छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५ अर्ब १८ करोड १० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूको कुल निक्षेप एक खर्ब १३ अर्ब ४२ करोड २० लाख रूपैयाँ थियो । फाइनान्स कम्पनीहरूले प्रवाह गरेको कुल कर्जा ९९ अर्ब ६९ करोड १० लाख रूपैैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा छ अर्ब ७६ करोड रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा कुल कर्जा प्रवाह ९२ अर्ब ९३ करोड १० लाख रूपैयाँ थियो ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया