Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्षत्रपाटी निःशुल्क चिकित्सालयमा नयाँ एम्बुलेन्स

क्षत्रपाटी निःशुल्क चिकित्सालयमा नयाँ एम्बुलेन्स


काठमाडौं । सहरी क्षेत्रका जनताको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको क्षत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल)ले बागमती प्रदेश सरकारबाट अनुदानमा प्राप्त गरेको एउटा एम्बुलेन्सको गत शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरेको छ ।

बागमती प्रदेशका सांसद बसन्त प्रसाद मानन्धरको प्रमुख आतिथ्यमा विधिपूर्वक पूजा सम्पन्न गरी एम्बुलेन्सको औपचारिक शुभारम्भ गरिएको हो । अत्याधुनिक सुविधा सम्पन्न ‘ख’ वर्गको एम्बुलेन्स बागमती प्रदेश सरकारको अनुदान रकमबाट काठमाडौं महानगरपालिकामार्फत खरिद गरिएको हो ।

नयाँ एम्बुलेन्सको प्रदेश सांसद मानन्धनले रिबन काटेर उद्घाटन गरेका छन् । एम्बुलेन्स उद्घाटन कार्यक्रममा बोल्दै सांसद मानन्धरले क्षत्रपाटी निःशुल्क चिकित्सालय नेपालकै एक उदाहरणीय अस्पताल बनेको बताए । सांसद मानन्धरले क्षत्रपाटी अस्पताल व्यवस्थापनले जस्तै देशैभरिका अस्पतालहरूले काम गरिदिए जनताको स्वास्थ्य उपचारमा कुनै समस्या नहुने बताए । साथै, सांसद मानन्धरले आगामी दिनमा पनि थप सहयोग जुटाउन प्रयास गर्ने बताए ।

कार्यक्रममा क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बागमती प्रदेश सरकारबाट अनुदानमा एम्बुलेन्स प्राप्त गर्न धेरै समय लागे पनि सांसद मानन्धरको अथक प्रयासबाट मात्रै सम्भव भएको बताए । प्रदेश सरकारले दिने बजेट सिधै नपाउँदा कतिपय प्रक्रियागत झन्झटमा फस्ने गरेको अनुभव अध्यक्ष डा. श्रेष्ठले सुनाए । अध्यक्ष श्रेष्ठले नयाँ बन्दै गरेको भवनमा अब छिट्टै क्यान्सर पत्ता लगाउने मेमेग्रामसहितको सिटी स्क्यान मेसिन आउने बताउँदै क्षत्रपाटी अस्पताल देशकै अत्याधुनिक अस्पताल बन्ने चरणमा रहेको बताए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x