रुपन्देही एक वर्षमा ३९ हजार बढी सवारी कारबाहीमा
बुटवल । जिल्लामा एक वर्षमा ३९ हजार बढी सवारी कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ३९ हजार पाँच सय १४ वटा सवारीसाधनहरू कारबाहीमा परेका हुन् ।
उक्त अवधिमा तीन करोड ७० लाख ३३ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । कार्यालयको पछिल्ला वर्षहरूको राजस्व संकलनको तथ्याङ्क हेर्दा गत वर्ष चार आर्थिक वर्षमा सबैभन्दा धेरै राजस्व संकलन गरेको कार्यालयका कार्यालय प्रमुख बजिर सिंह विष्टले जानकारी दिए । उनका अनुसार कार्यलयले आर्थिक वर्ष २०७७/७८ मा ५८ हजार एक सय ८४ सवारी कारबाहीमा पाँच करोड ७३ लाख दश हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै, २०७८/७९ सालमा ६५ हजार नौ सय पचास सवारी कारबाहीबाट छ करोड ९१ लाख पचास हजार रुपैयाँ र २०७९/८० सालमा ६४ हजार दुई सय ५० सवारीसाधन कारबाहीमा सात करोड छ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । कानुन उल्लङ्घन गरी सवारीसाधन सञ्चालन गर्ने सवारीधनीहरूबाट कारबाहीस्वरूप जरिवाना तिराउने गरिएको हुँदा उक्त जरिवानामार्फत राजस्व संकलन हुने गरेको कार्यालय प्रमुख विष्टले बताए ।
कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष एक सय ५७ वटा सवारी दुर्घटना भएका छन् । सो दुर्घटनमा ७६ जनाको मृत्यु भएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा एक सय ५१ वटा सवारी दुर्घटना हुँदा ८३ जनाको मृत्यु भएको थियो भने २०७७/७८ मा एक सय ६२ वटा सवारी दुर्घटना हुँदा ८२ जनाको ज्यान गएको थियो । आर्थिक वर्ष २०७८/७९ मा एक सय ७२ दुर्घटनामा ९४ जनाको मृत्यु भएको भएको कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनलगायतका कार्यहरू पनि सञ्चालन गरिरहेको कार्यालय प्रमुख विष्टले बताए । उनका अनुसार ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७९÷८० मा आठ सय चार वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा विद्यार्थी, चालक, सहचालकलगायत यात्रुहरू गरी एक लाख १५ हजार बढी सहभागी थिए । यस्तै, गत आर्थिक एक हजार दुई सय ५५ वटा कार्यक्रममा सञ्चालन गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- इन्द्रजात्राको अवसरमा कन्या कुमारीहरुको सामूहिक पूजा सम्पन्न
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
- सातबुँदे घोषणापत्र जारी गर्दै सकियो युथ समिट
- ११ लघुजलविद्युत् आयोजनाका करोडौंका उपकरण प्रयोगविहीन
- लक्ष्मी सनराइज बैंकद्वारा दुई सयभन्दा बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया