काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वाग्मती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट लाग्न सबैलाई आग्रह गरेका छन् ।
नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्ड्स क्लब कुपण्डोलले शनिबार ललितपुरमा संयुक्तरूपमा आयोजना गरेको महाजलजात्राको समापन कार्यक्रममा उनले सहरीकरण तीव्ररूपमा बढेकाले त्यसको असर वाग्मती नदीमा परेको बताए । वाग्मती नदी वर्षात्को समयमा बगे पनि सुक्खा समयमा निकै दुर्गन्धित हुने हुँदा यसको दीर्घकालीन समस्या समाधनको लागि सरकारले प्रयास गरिरहेको उनले बताए । वाग्मती नदी सफा राख्न र वाग्गती जोगाउन विभिन्न समाजसेवी तथा अभियन्ता सधैं सक्रियरूपमा लागेकामा उनले खुसी व्यक्त गरे । वाग्मती सभ्यतालाई जोगाउन र नदी सफा राख्न जुटेका सबै संस्था र अभियन्तासँग सहरी विकास मन्त्रालयले सहकार्य गर्न चाहेका उनले बताए ।
वाग्मती नदीको दुर्गन्धले कति असर गर्छ भन्ने आफूले पनि महसुस गरेको कारण लामो सभ्यता बोकेको वाग्मती नदीलाई दुर्गन्धरहित र हरियाली बनाउन लागिरहेको उनको भनाइ थियो । उनले भने, ‘तीव्र सहरीकरणको कारण वर्षौँदेखि दुर्गन्धित अवस्थामा रहेको वाग्मती नदीको समस्या तत्काल समाधान नभए पनि समस्या समाधानका लागि सरकार लागि परेको छ ।’ ललितपुरको वाग्मती नदी कोरिडोरमा आयोजित वाग्मती नदी महोत्सव (२१औँ शताब्दीको महोत्सव) महाजल जात्रा २४औँ संस्करणमा मैत्री जल विहार, वाग्मती सभ्यता संवादलगायत कार्यक्रम आयोजना गरिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
- सातबुँदे घोषणापत्र जारी गर्दै सकियो युथ समिट
- ११ लघुजलविद्युत् आयोजनाका करोडौंका उपकरण प्रयोगविहीन
- लक्ष्मी सनराइज बैंकद्वारा दुई सयभन्दा बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम
- कृषि विकास बैंक सञ्चालक समितिको सदस्यमा मैनाली
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया