धार्मिक पर्यटन प्रवर्द्धनका लागि अन्तरदेशीय सहकार्य आह्वान
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक पर्यटन प्रवर्द्धनका लागि अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमन सुदृढीकरणमा जोड दिएका छन् ।
भारतको गुजरातमा आयोजित आठौँ धर्म–धम्म सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरी अन्तरदेशीय पर्यटकीय पूर्वाधार निर्माण तथा पर्यटक आवागमन सहजीकरणको आवश्यकता औँल्याए । आध्यात्मिक सम्पदाको संरक्षण प्रवर्द्धन गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले विश्वभरका आगन्तुकलाई धार्मिकस्थलको पवित्रताको सहज अनुभूति गराउने वातावरण निर्माण गर्नका लागि सहकार्य गर्न आह्वान गरे । नेपालको पशुपतिनाथ, हलेसी र मुक्तिनाथ तथा भारतको काशीस्थित शान्तिस्तुपा दुई देशबीचका साझा सम्पदा रहेको उल्लेख गर्दै उनले नेपालमा यस सम्मेलनको भावना प्रतिविम्बित हुने खालको आध्यामिक अनुभूति गर्न सकिने बताए । साथै, मन्त्री पाण्डेले सम्मेलनका सहभागीलाई नेपाल भ्रमणको निम्तो समेत दिए ।
मन्त्री पाण्डेले एकता र विविधता नै हाम्रो परम्पराको आधारभूत मान्यता भएको उल्लेख गर्दै शान्ति र करुणाको प्रतिकको रुपमा नेपालमा धर्म र धम्बका सिद्धान्त सदियौँदेखि व्यवहारमा रहेको कुरामा जोड दिए । ‘हाम्रा मनमोहक हिमाल, पवित्र तीर्थस्थल तथा सांस्कृतिक सम्पदाले ब्रह्माण्डीय शक्ति र दैवीय उपस्थितिको झल्को दिइरहेका छन् । तसर्थ, नेपाल प्रकृति र दैवीय शक्तिको जीवित उदाहरण हो’, उनले भने । ‘इन्डिया फाउन्डेसन’को पहलमा भारतको गुजरातमा आयोजित उक्त सम्मेलनमा मन्त्री पाण्डेले धर्म–धम्म हिन्दु र बौद्ध सभ्यताबीच सदियौँदेखि निरन्तररूपमा निकट रहेका विचार भएको र जुन आज पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गरे । अहिलेको बदलिदो विषयमा यी दुई विचारबीचको सम्बन्धको पहिचानमा ध्यान केन्द्रित गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो ।
क्याटेगोरी : कला / संस्कृति, समाचार
ट्याग : #page 3
ताजा अपडेट
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
- राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी
- नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा: मन्त्री दाहाल
- इन्द्रजात्राको अवसरमा कन्या कुमारीहरुको सामूहिक पूजा सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया