Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरुपन्देहीमा आठ सय ३७ नयाँ उद्योग दर्ता

रुपन्देहीमा आठ सय ३७ नयाँ उद्योग दर्ता


बुटवल । रुपन्देहीमा आठ सय ३७ वटा नयाँ उद्योग दर्ता भएका छन् । गत आर्थिक २०८०/८१ मा घरेलु तथा साना उद्योग कार्यालय, सिद्धार्थनगरमा ती उद्योगहरू दर्ता भएका हुन् । यस्तै, वाणिज्यतर्फ एक हजार दुई सय ८९ वटा फर्म दर्ता भएको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार एक हजार आठ सय दश वटा उद्योग र छ वटा वाणिज्य फर्म गरी कुल एक हजार आठ सय १६ वटा उद्योगहरू नवीकरण भएका छन् भने तीन सय ५४ वटा उद्योग र ४८ वटा वाणिज्य फर्म गरी चार सय दुई वटा उद्योग तथा फर्महरूले लगतकट्टा गरेका छन् । त्यसैगरी पाँच सय ६५ वटा उद्योग र एक सय चार वटा वाणिज्य फर्महरूले उद्देश्य संशोधन गरेको जानकारी गराएको कार्यालयका उद्योग अधिकृत नेत्र प्रसाद भुषालले जानकारी दिए । उद्योग अधिकृत भुषालका अनुसार गत वर्ष उद्योगतर्फ दुई अर्ब ३० करोड ९४ लाख ७४ हजार छ सय ९८ रुपैयाँ लगानी भएको छ भने दुई अर्ब दुई करोड ४६ लाख ४० हजार रुपैयाँ वाणिज्य फर्महरूमा लगानी भएको छ । यी उद्योग तथा फर्महरूबाट कार्यालयले एक करोड ८० लाख १४ हजार पाँच सय ९६ रुपैयाँ राजस्व संकलन गरेको भुसालले जानकारी दिए ।

उनका अनुसार उद्योगतर्फ एक करोड १४ लाख ११ हजार तीन सय ९६ रुपैयाँ र वाणिज्य फर्मतर्फ ६६ लाख तीन हजार दुई सय रुपैयाँ राजस्व संकलन भएको हो । उद्योगी तथा व्यवसायमैत्री वातावरण बनाउने, लागतअनुसारको मूल्य पाउने वातावरण सिर्जना राज्यले सिर्जना, स्वदेशमा उत्पादन हुने वस्तुहरू बाहिरबाट आयात नगर्ने, उत्पादित वस्तुलाई यही खपत गर्न सकेको अवस्थामा सम्भावित क्षेत्रका उद्योगहरू फस्टाउने उद्योग अधिकृत भुषालले बताए । ‘एक/दुई रुपैयाँ महँगो पर्यो भन्दैमा हामी हाम्रो उत्पादन प्रयोग गर्न आनाकानी गर्छौँ’, उनले भने, ‘तर हाम्रो त्यही बानीको कारणले देशकै अर्थतन्त्रमा मात्र असर नगरेर त्यसले बेरोजगारी सिर्जना गर्ने, विदेशी मुद्रा सञ्चिति घट्ने, विदेश पलायन हुनुपर्ने, आर्थिकमन्दी लाग्नेजस्ता धेरै प्रकारका समस्याहरू देखिने गरेको छ ।’ उनले उत्पादनलाई गर्वका साथ प्रयोग गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए । उनले उत्पादनमूलक क्षेत्रसँग नजोडिँदा आर्थिक विकासमा प्रत्यक्ष असर पर्ने बताउँदै उत्पादनसँग जोडिन सकेको अवस्थामा आर्थिकरूपले छिटो सम्पन्न गराउने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x