Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगुल्मीमा लक्ष्य भन्दा १४ प्रतिशत कम राजस्व सङ्कलन

गुल्मीमा लक्ष्य भन्दा १४ प्रतिशत कम राजस्व सङ्कलन


गुल्मी । करदाता सेवा कार्यालय गुल्मीले लक्ष्य भन्दा १४ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को अवधिमा कार्यालयले लक्ष्यको ८६ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले गत वर्ष ४६ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ३९ करोड ८५ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । आयकरतर्फ २३ करोड छ लाख ८० हजार, मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ १५ करोड ८३ लाख ९२ हजार र अन्तःशुल्कतर्फ ९४ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा गत वर्ष कार्यालयले आठ दशमलव पाँच प्रतिशत बढी राजस्व सङ्कलन गरेको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख कर अधिकृत सुरज बस्यालले जानकारी दिए । कार्यालयले आर्थिक वर्ष २०७९/८० को तुलनामा तीन करोड १२ लाख ९१ हजार रुपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको हो ।

देशव्यापीरूपमा देखिएको आर्थिक मन्दी, बसाइँसराइको असर जिल्लामा रहेका व्यापारिक प्रतिष्ठान र उधोगमा समेत परेको कारणले गत वर्ष लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको कर अधिकृत बस्यालको भनाइ छ । यस्तै, कार्यालयले दुई करोड रुपैयाँभन्दा बढी रहेको मूल्य अभिवृद्धि कर बक्यौतामा एक करोड रुपैयाँ घटाएको छ ।

जिल्लामा १३ हजार दुई सय ८७ करदाता दर्ता छन् । तीमध्ये ११ हजार चार सय ९५ करदाताले आफ्नो कर विवरण बुझाएका छन् भने तीन हजार करदाताले समयमा आयकर विवरण बुझाएका छैनन् । यस्तै, गत वर्ष छ सय ८९ नयाँ करदाता दर्ता भएको थिए भने पाँच सय ७२ करदाताले व्यवसाय, फर्म खारेज गरेका थिए । गुल्मी जिल्लामा २०७७ सालमा करदाता सेवा कार्यालयको स्थापना भई सेवा सुरु भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x