लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पुनः पोखरेल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः टङ्कप्रसाद पोखरेल चयन भएका छन् । प्रदेशको दोस्रो अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै, वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फको उपाध्यक्षमा जेपी कँडेल, वस्तुगततर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ एवं एसोसिएटतर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । महासचिवमा शिव ज्ञवाली, सचिवमा अजय न्यौपाने एवं कोषाध्यक्षमा खिमबहादुर खत्री चयन भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सदस्यहरूमा भने युवराज न्यौपाने, जय प्रकाश गुप्ता, कमला पराजुली, सुकदेव बेल्वासे, तेजबहादुर बुढा, नुरुद्दीन शाह, मञ्जु भुसाल, यज्ञेश्वर श्रेष्ठ, शिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेशप्रसाद पोख्रेल, कोषबहादुर गुरुङ र शंकर गौतम चयन भएका छन् । दोस्रो महाधिवेशनले आगामी तीन वर्षका लागि सर्वसम्मतरूपमा कार्यसमिति चयन गरेको चेम्बरले उल्लेख गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चेम्बरको प्रदेश अधिवेशनलाई उद्घाटन गरेका थिए । सो कार्यक्रममा उनले कृषि क्षेत्रको विकास नभएसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए । कृषिको आधुनिकीकरण एवं युवाहरूलाई कृषि पेशामा आकर्षित गर्न राज्यले लगानी गर्नुपर्नेमा उनले जोड दिए । मुलुकमा कृषि र पर्यटन क्षेत्रमार्फत आर्थिक उन्नति हासिल गर्न सकिने आचार्यले बताए । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्थानीय कृषि उपजहरूको बजारीकरण गर्नुपर्नेमा जोड दिए । आर्थिक विकास र समृद्धिका लागि नीतिगत स्थिरता हुनुपर्ने अध्यक्ष अग्रवालले बताए ।
क्याटेगोरी : समाचार, लुम्न्बिनी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया