टेलिकम र रेडियोमा नयाँ नियुक्ति कार्की सचिवमा बढुवा
सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडीलाई नियुक्त गरेको छ । उनी टेलिकमकै कर्मचारी हुन् । अघिल्लो पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारकै पालामा सिफारिस भएका मध्येबाट पहाडीलाई नियुक्त गर्ने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
यस्तै, बिहीबारकै मन्त्रिपरिषद् बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरेको छ । बिहीबारकै मन्त्रिपरिषद् बैठकले सहसचिव गोबिन्दबहादुर कार्कीलाई सचिवमा बढुवा गरेको छ । उनलाई प्रशासनतर्फको रिक्त सचिव पदमा बढुवा गरिएको हो । तोयानारायण ज्ञवालीले राजीनामा दिएपछि सचिव पद रिक्त थियो । कार्की हाल बागमती प्रदेशको कायममुकायम प्रमुख सचिव थिए ।
सचिवका लागि कार्कीसहित शिक्षा मन्त्रालयका सहसचिव डा. कमलप्रसाद पोखरेल र लुम्बिनी प्रदेशका कामु प्रमुख सचिव महादेव पन्थको नाम सिफारिस भएको थियो ।यस्तै, मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र संघको महासभामा जाने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीको भ्रमण स्वीकृत पनि गरेको छ ।
अमेरिकाको न्यूयोर्कमा हुने महासभामा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहितको टोली त्यसतर्फ जाने कार्यक्रम छ ।राष्ट्र संघको महासभाव यही भदौ २५ गतदेखि असोज १२ गतेसम्म न्यूयोर्कमा हुनेछ । महासभामा समिट अफ द फ्यूचर असोज ६ र ७ गते हुने छ । सोही समिटलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । २०७५ सालमा पनि ओलीले महासभालाई प्रधानमन्त्रीकै रुपमा सम्बोधन गरेका थिए । टोलीमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्ण रिमाललगायत सहभागी हुनेछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा: मन्त्री दाहाल
- इन्द्रजात्राको अवसरमा कन्या कुमारीहरुको सामूहिक पूजा सम्पन्न
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
- सातबुँदे घोषणापत्र जारी गर्दै सकियो युथ समिट
- ११ लघुजलविद्युत् आयोजनाका करोडौंका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया