सुनचाँदी धितोमा बैंकहरूले दिए ५८ अर्ब कर्जा
विश्वबजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । मध्यपूर्वमा भू–राजनीतिक अस्थिरता बढ्दै गएको र अमेरिका र चीनबीचको व्यापार शत्रुता झन् बढ्ने सम्भावना देखिएकाले लगानीकर्ताले सुनमा लगानी बढाइरहेका छन् । यस्तै रुस–युक्रेनबीच लामो समय द्वन्द्व हुनु पनि सुनको मूल्य बढ्नुको अर्को कारण हो ।चीनले सक्रियरूपमा आफूसँग भएको अमेरिकी डलर होल्डिङलाई सुनमा प्रतिस्थापन गर्दै गएको छ । हालसालै चिनियाँ केन्द्रीय बैंकले १७ दशमलव छ टन सुन खरिद गरेर आफ्नो भण्डारमा राखेको छ । जुन कारण विश्वबजारमा सुनको माग बढ्न गयो र मूल्य बढ्दै गयो । यस्तै, भारत, पोल्याण्ड, सिंगापुर, फिलिपिन्स, टर्की, इराक, लिबिया, काजकिस्तान र चेक गणतन्त्रलगयातका देशका केन्द्रीय बैंकले पनि आफ्नो सुन भण्डार बढाउँदै लगेका छन् । केन्द्रीय बैंकहरूले सुनलाई दीर्घकालीन मूल्यको भण्डार र आर्थिक र अन्तर्राष्ट्रिय उथलपुथलको समयमा सुरक्षित स्थानको रूपमा हेर्छन् ।
विगत दुई वर्षयता एसिया, पूर्वी युरोप र मध्यपूर्वका केन्द्रीय बैंकहरूले सुनको भण्डार बढाउँदै लग्दा विश्वव्यापी बजारमा मूल्य बढ्दै गएको देखिन्छ । सुनलाई लचिलो लगानी मानिन्छ । जब ब्याजदर घट्छ तब सुनको मूल्य बढ्छ । किनभने लगानीकर्ताले पनि सुनलाई मुद्रास्फीतिविरुद्ध हेजको रूपमा हेर्छन् । सुनको मूल्य बढ्नुको अर्को कारण लगानीकर्ताले यस वर्षको अन्त्यसम्म अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौती गर्नसक्ने अपेक्षा गर्नु पनि हो । फेडले ब्याजदर कटौती ग¥यो भने डलरको मूल्य घट्छ । त्यसो हुँदा सुनको मूल्य झन् बढ्न सक्छ । किनभने डलर र सुनको मूल्यबीच विपरीत सम्बन्ध हुन्छ । अर्थात् डलरको भाउ बढ्दा सुनको घट्छ भने डलरको घट्दा सुनको बढ्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव हुँदा नेपाली बजार पनि प्रभावित हुन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव भएको आधारमा दैनिक मूल्य समायोजन गर्दै आएको छ ।
महासंघका अनुसार अहिले नेपालमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी प्रतितोला १७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । सुनको गहना बनाउँदा केही निश्चित प्रतिशत ज्याला र जर्ती जोड्ने भएकाले बजारमा एक तोला सुनको गहना किन्दा एक लाख ६० हजार रुपैयाँभन्दा बढी पुग्ने व्यवसायीहरू बनाउँछन् ।बैंकहरूले सुनचाँदीलाई कर्जाको लागि सबैभन्दा विश्वासिलो धितो मान्दै आएका छन् । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले सुन धितोमा कुल ५८ अर्ब ४८ करोड ९० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा दुई अर्ब ९५ करोड ६० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा सुन धितोमा बैंकहरूले ५५ अर्ब ५३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०÷८१ मा सुनचाँदी धितोमा ५३ अर्ब ४२ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा दुई अर्ब ८४ करोड ८० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष ५० अर्ब ५७ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह गरेका थिए । विकास बैंकहरूले गत आर्थिक वर्षमा सुनचाँदी धितोमा कुल तीन अर्ब ९३ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरूले सुनचाँदी धितोमा प्रवाह गरेको कर्जा रकम तीन अर्ब ९३ करोड १० लाख रुपैयाँ थियो ।
फाइनान्स कम्पनीहरूले गत आर्थिक वर्षमा सुनचाँदी धितोमा एक अर्ब १३ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १० करोड ४० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूको सुनचाँदी धितोमा एक अर्ब दुई करोड ७० लाख रुपैयाँ ऋण प्रवाह गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया