काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नो ६२औँ वार्षिकोत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान नै जीवनदान हो भन्ने मूल नाराका साथ सामाजिक उत्तरदायित्वअन्तर्गत साल्ट ट्रेडिङले कालीमाटीस्थित केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
साल्ट ट्रेडिङले यस वर्ष पनि नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा मिर्गौला रोग समाजको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरेको हो । कम्पनीले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष मिर्गौला रोग समाजको सहयोगार्थ रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । साल्ट ट्रेडिङले आफ्नो स्थापना दिवस अर्थात् भदौ २७ गते आफ्नो ६२औँ वार्षिकोत्सव मनाउँदै छ । रक्तदान कार्यक्रममा ५५ जना व्यक्तिले रक्तदान गरेको विभागीय प्रबन्धक व्रजेशकुमार झाले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया