Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्राविधिकको सर्वेविपरीत कुलो निर्माण

प्राविधिकको सर्वेविपरीत कुलो निर्माण


झिम्रक,असार १७
प्युठानको झिम्रुक गाउँपालिकामा प्राविधिकको सर्वेविपरीत कुलो निर्माण समितिले खेतभन्दा मुनिबाट कुलो निर्माण गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ को डुंगोला भीमसेन कुलो निर्माण समितिले प्राविधिकले सर्वे नै नगरेको ठाउँबाट कुलो निर्माण कार्य अगाडि बढाएको स्थानीयले बताएका छन् ।

कुलो निर्माण समितिले स्थानीय उपभोक्तसँग छलफल तथा सहमति नगरिकन आफ्नो मनोमानी ढंगबाट सर्वे नै नभएको ठाउँबाट एकलौटी ढंगले कुलो निर्माण गरेको स्थानीयको भनाइ छ । निर्माण समितिमा पनि अध्यक्षले कोषाध्यक्ष र केही सदस्यहरूको कुरा समेत नसुनी आफूखुशी कुलो निर्माण गरेका हुन् । गाउँपालिकाको स्थानीय प्राविधिक सितल आचार्यले आफूले सर्वे गरेको कुलो निर्माणाधिन कुलो नभई अलि माथि भएको बताएका छन् ।

निर्माणधिन कुलो बनाउन आफूसँग कुनै सल्लाह समेत नगरेको उनको भनाइ छ । सर्वेविपरीत निर्माण गरिएको कुलोको निर्माणकार्य तत्काल रोक्नका लागि स्थानीयले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाललाई जानकारी गराए पनि काम नरोकिएको बताएका छन् । गतसाल पनि उक्त कुलो निर्माणको क्रममा विवाद देखिए पनि कुलोको सर्वे रोकिएको थियो ।

स्थानीयले उपभोक्ताले उक्त कुलो निर्माण कार्य तत्काल रोकी सबैको सहमतिमा कुलो निर्माण गर्न आग्रह गरेका छन् । खेतभन्दा मुनिबाट कुलो बनाएर कस्तो विकास गर्न खोजेको भन्दै स्थानीय उपभोक्ता आक्रोशित समेत बनेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया