‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’
काठमाडौँ, सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च अदालतको फैसलाले ठूलो समस्या ल्याउने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले भने “यो फैसलाले जनतामाथि ठूलो समस्या सिर्जना हुँदैछ । करिब ६ लाख नागरिक विस्थापित हुने अवस्था देखिएको छ । नागरिकलाई सुकुम्वासी बनाउने गरी भएको सो फैसलाविरुद्ध सरकारले तत्काल पुनरावलोकनमा जानुपर्छ ।”
सांसद वीरेन्द्रप्रसाद महतोले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उहाँले युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने योजना ल्याउन सरकारसँग आग्रह गरे ।
सांसद अब्दुल खानले देशभरका अस्पतालमा पर्याप्त जनशक्ति र पूर्वाधार नहुँदा नागरिकले सहज स्वास्थ्य सेवा पाउन नसकिरहेको उल्लेख गर्दै नागरिकको उचित स्वास्थ्योपचारको प्रबन्ध गर्न सरकारसँग माग गरे ।
सांसद राजकिशोर यादवले भ्रष्टाचार निवारणका लागि राज्यले स्थापना गरेको संरचनामाथिको विश्वसनीयता कमजोर हुँदै जानु विडम्बना भएको बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनःसंरचना गरेर जानुपर्नेमा जोड दिए ।
सांसद लालवीर चौधरीले बर्दियामा लामुखट्टेको प्रकोप देखिएको जानकारी दिँदै त्यहाँका नागरिकलाई तत्काल झुलको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रेम सुवालले बसाइँसराइ जिल्लाभित्र मात्रै सीमित गर्न सरकारसँग माग गरे।
सांसद राजेन्द्र केसीले काठमाडौँका खोला किनारसम्बन्धी फैसलालबारे सर्वोच्च अदालतले पुनः विचार गर्नु उपयुक्त हुने सुझाव दिए ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया