काठमाडौ । सरकारले स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको सुझावअनुसार नै रिक्त रहेका स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको हो ।
आयोगको पदाधिकारीले आइतबार दिउँसो प्रधानमन्त्री केपी ओलीलाई भेटेर मंसिर १७ गते उपनिर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताप गरेका थिए । आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले आयोगको प्रस्तावबमोजिम उपनिर्वाचनका लागि सरकार तयार रहेको बताउँदै तयारीमा जुट्न आग्रह गरेका थिए । साथै, उनले अब बस्ने मन्त्रिपरिषद् बैठकले आयोगको सुझावअनुसार उपनिर्वाचनको मिति तोक्ने जानकारी पनि आयोगलाई गराएका थिए । यस्तै, आयोगले उपनिर्वाचन प्रयोजनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको मितिसम्ममा कुनै पनि स्थानीय तहको पद कुनै कारणले रिक्त भएमा पनि मंसिर १६ गते नै उपनिर्वाचन गर्नेगरी मिति तोक्न सुझाव दिएको थियो ।
विसं २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपश्चात् देशभरबाट विभिन्न कारणले ४१ रिक्त पदमा उपनिर्वाचन गर्नुपर्नेछ । निर्वाचन आयोगका अनुसार हाल जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, वडाध्यक्ष १० तथा नगरपालिकाका मेयर एक, उपमेयर एक र वडाध्यक्ष २१ गरी ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी गरिएको हो । नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम जिल्ला समन्वय समितिका प्रमुख÷ उपप्रमुख, नगरपालिका प्रमुख÷उपप्रमुख, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि रिक्त पदको पूर्ति उपनिर्वाचनद्वारा हुनेछ । साथै, उपनिर्वाचन हुने मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोगले सरकारलाई परामर्श दिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया