ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने
ललितपुर । ललितपुर महानगरपालिका–१ मा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने भएको छ । हरेक वर्षझै यस वर्ष पनि पहिलो दिन सङ्कटामार्ग मन्दिर परिसरबाट भैरव, गणेश र कुमारी देवतालाई खटमा राखी टोल परिक्रममा र पूजासहित जात्रा सुरु हुनेछ ।
जात्राको दोस्रो दिन लाखेनाचसहित टोल परिक्रममा गरेर पूजा आराधनासहित यस वर्षको जात्रा समापन गरिने इन्द्राजात्रा सञ्चालन उपभोक्ता समितिले जनाएको छ ।
मन्दिर परिसर, मुसिङ्गाल चोक, ग्यास डिपो, लीलाघर, कुमारी मन्दिर, नानिचा चोक, अमर शिशु, गणेशथान प्याराडाइज, मेनपावर सर्वाङ्ग हस्पिटल, बिगमार्ट, तीनखम्बा चोक, भजनमण्डल, मुसिङ्गाल चोक हुँदै मन्दिर परिसरसम्म परिक्रमा रुट तोकिएको छ ।
अन्य जिल्लामा हरेक वर्ष सहकालका देवताका रूपमा रहेका इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा जात्रा मनाउँदै आए पनि ललितपुरमा गत वर्षदेखि जात्रा सुरु गरेको ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकारले राससलाई जनाए । उनले भने, “इन्द्राजात्रा निकै ऐतिहासिक जात्रा हो । यो बाह्रौँ शताब्दीदेखि सुरु भएको किंवदन्ती छ । लतिलपुरमा भने सहकालको देवताका रूपमा मनाइने इन्द्रजात्रा ४० वर्षदेखि रोकिएको थियो । विशेषगरी नेवार समुदायले मनाउने यो जात्राको संरक्षणका लागि गत वर्षदेखि हामीले सुरुआत गरेका छौँ ।”
वाद्यवादनका लागि काठमाडौँ, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाको बाज खलक सहभागी हुने र देवतालाई आयोजक समितिले तोकेअनुसार नौ ठाउँमा बिसाउने जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया