Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजस्व छलीमा आधा दर्जन व्यक्ति तथा कम्पनीविरुद्ध मुुद्दा

राजस्व छलीमा आधा दर्जन व्यक्ति तथा कम्पनीविरुद्ध मुुद्दा


काठमाडौं, असार १८
राजस्व छली गरेको अभियोगमा आन्तरिक राजस्व विभागले आधा दर्जन व्यक्तिहरुविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उपत्यका र उपत्यकाबाहिर भारतीय नागरिकसहित आधा दर्जन व्यक्ति तथा कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो । विभागले विदेशी मुद्रा अपचलन गरेको अभियोगमा भारतीय नागरिकमाथि मुद्दा दायर गरेको छ । विभागका अनुसार सिलिगुड बजार, दार्जिलिङ्ग भारत बस्ने भारतीय ट्रक चालक रवि कुमार शर्मा तथा मजफरफुर विहार बस्ने पप्पु कुमारले विदेशी विनिमय अपचलन गरेको अभियोगमा एक करोड ७५ लाख बिगो कायम गरी मोरङ जिल्ला अदालतमा गत जेठ २२ गते मुद्दा दायर गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ९ गुल्म मोरङबाट खटिएको टोलीले चेकजाँचको क्रममा विराटनगर भन्सार कार्यालय, मोरङअन्तर्गतको एकीकृत भन्सार जाँच चौकी विराटनगरको नं. १ गेटमा चेकजाँच गर्ने क्रममा ट्रकमा लैजाँदै गरेको भारतीय रुपैयाँ एक करोड नौ लाख ७९ हजार पाँच सय ३० रुपैयाँ नगद बरामद गरी राजस्व अनुसन्धान कार्यालयमा इटहरीमा बुझाएको थियो ।

उक्त ट्रकको चालक भारतीय नागरिक रवि कुमार शर्मा तथा सहचालक पप्पु कुमारले उक्त रकम ल्याएका स्वीकार गरेकोले उक्त भारतीय रुपैयाँ एक करोड नौ लाख ७९ हजार पाँच सय ३० रुपैयाँ हुुने नेपाली रुपैयाँ एक करोड ७५ लाख ८३ हजार सात सय सत्र पैसा ३० रुपैयाँ बिगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ (१) बमोजिम जनही बिगो बमोजिमको जरिवाना गरी बिगोको तीन गुणासम्म थप जरिवाना तथा सोही ऐनको दफा १९ (९) बमोजिम तीन वर्षसम्म कैद हुन र अभियुक्तहरुको कसुरसँगै बरामद भएको भारती नम्बरको ट्रक समेत जफत हुने मागदाबी लिई मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उक्त मुद्दाउपर राजस्व चुहावटको कसुरमा थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

यसैगरी विभागले झूठो तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा काठमाडौं महानगरपालिका वडा नं. २५ बस्ने न्यू सागर प्लाष्टिक कन्सर्न (स्था.लेखा नं. ५००२०१९८५) का प्रोप्राइटर सञ्जु किजु तथा मुख्य आरोपित व्यक्ति सागर किजुले २६ करोड ८२ लाख तथा सुप्रिम प्लाष्टिक कन्सर्न (स्था.लेखा नं. ३०४५८४२६६) का प्रोप्राईट सागर किजुले राजस्व चुहावट गरेको अभियोगमा पाँच करोड ७७ लाख समेत गरी ३२ करोड ६० लाख रुपैयाँ बिगो असुल एवं कैद मागदाबी लिई असार १७ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

यसैगरी विभागले झुट्टा तथा नक्कली मू.अ.कर बीजक प्रयोग गरी राजस्व छली गर्ने काठमाडौं महानगरपालिकास्थित बिकोई, स्काई र बंगलामुखी जे.भी. (स्था. ले. नं. ६००८२९४९४)का सञ्चालक साझेदार रोशन कुमार श्रेष्ठ समेतले राजस्व चुहावट गरेको अभियोगमा आठ करोड एक लाख बिगो असुल एवं कैद मागदावी लिई उच्च सरकारी वकिलको कार्यालय ललितपुरमा बुधबार मुुद्दा दायर गरेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया