श्रीअजन्ता इलेक्ट्रिकमाथि राजस्वको अनुसन्धान सुरु
विराटनगर । विराटनगर महानगरपालिकाको धरानरोडस्थित शिवमन्दिर अगाडि रहेको श्रीअजन्ता इलेक्ट्रिक इम्पेक्सको व्यावसायिक कारोबारमाथि राजस्वले छानबिन सुरु गरेको छ । श्रीअजन्ता इलेक्ट्रिक इम्पेक्सद्वारा व्यापक राजस्व छली भएको सम्बन्धमा गत हप्ता आर्थिक दैनिकले समाचार प्रकाशित गरेपछि राजस्व अनुसन्धान इटहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । उक्त श्रीअजन्ता इलेक्ट्रिक इम्पेक्सको सञ्चालकमा दिलिप तोदी हुन् । श्री अजन्ता इलेक्ट्रिक इम्पेक्स २०७३ सालमा नै सञ्चालकमा तोदी रहने गरी ६०५६४५८८६ नम्बरको भ्याट समेत आन्तरिक राजस्व कार्यालय विराटनगरमा दर्ता कायम भई व्यावसायिक कारोबार गर्दै आएको छ । सञ्चालक तोदीले आफ्नो वार्षिक कारोबारमा तीन करोड ५० लाख रुपैयाँ मात्रै देखाएपछि उक्त फर्म र कारोबारी तोदी अनुसन्धानको दायरामा आएका हुन् । सञ्चालक तोदीले लामो समय हनुमानदास रोडमा व्यवसाय गरी कारोबार गर्दै आएका थिए । पछिल्लो समय भने उनले करोडौँ मूल्यमाथि खर्च गरी आलिसान महल बनाएर व्यावसायिक प्रतिष्ठान समेत त्यसैमा स्थानान्तरण गरेका छन् । व्यावसायिक कारोबारमा व्यापक घाटाको ब्यालेन्ससिट विवरण राजस्वमा बुझाएपछि तोदी राजस्वको निगरानीमा आएका हुन् ।
श्रीअजन्ता इलेक्टिक इम्पेक्सको व्यावसायिक कारोबारमा अडिटरको मुख्य भूमिकामा रहेका अडिटर टेकबहादुर घिमिरे समेतलाई पनि अनुसन्धान गर्नुपर्ने आवाज उठ्न थालेको छ । राजस्व अनुसन्धानले घिमिरेलाई पनि अनुसन्धान गर्ने निष्कर्षसहित प्रारम्भिक चरणमा अनुसन्धान सुरु गरेको स्रोतको दाबी छ । राजस्वको प्रारम्भिक अनुसन्धाबाट सञ्चालक दिलिप तोदीले आफ्नो व्यावसायिक कारोबार विवरण बुझाउँदा व्यापक गोलमोटल गरी राजस्वमा बुझाएको खुलेको स्रोतले जनाएको छ । व्यवसायी तोदीले बिक्रीविवरण न्यून देखाएर राजस्व छलीसँगै आफ्नो व्यवसाय कम्प्युटर बिलिङमा जानुपर्ने अवस्थाबाट जोगिन खोजेको समेत बुझिएको छ ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
- जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
- ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
- ‘संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने’
- ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र
- कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
- हात्ती आक्रमणबाट मृत्यु
- प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया