Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररेडक्रस र कोकाकोलाबीच कोभिड—१९ विरुद्धको लडाइँमा साझेदारी

रेडक्रस र कोकाकोलाबीच कोभिड—१९ विरुद्धको लडाइँमा साझेदारी


काठमाडौं, असार १८
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोकाकोला नेपालले कोभिड–१९ को महामारीमा संकटमा रहेका बिरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिको लागि साझेदारी गरेको छ । यस परियोजनाको लक्ष्य देशभरका सातवटै प्रदेशका प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरु तथा अग्रपंक्तिका स्वयंसेवकका लागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरु उपलब्ध गराउने रहेको छ ।

यस परियोजनाअन्तर्गत कोभिड–१९ को जोखिममा रहेका डाक्टर, नर्स, रक्त टेक्निसियनहरु, एम्बुलेन्स ड्राइभर, मेडिकल टेक्निसियन, क्वारेन्टाइन केन्द्रका मानिसहरु तथा समुदायका सदस्यहरु सहित करिब ६० हजारलाई सेवा पु-याउने कम्पनीले जनाएको छ । यस परियोजना मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कोका—कोला नेपाल र नेपाल रेडक्रसका प्रतिनिधिहरुको उपस्थितिमा सुरु गरिएको हो । पहिलो चरणको सुरक्षा सामग्रीहरु र स्वास्थ्य सामग्रीहरु मन्त्री भानुभक्त ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर कुमार राजभण्डारीलाई हस्तान्तरण गरेका छन् ।

यी सामग्रीहरुमा विभिन्न चरणमा हस्तान्तरण गरिने बताइएको छ । पहिलो चरणमा हस्तान्तरण हुने सामग्रीहरुमा १५ हजार थान सर्जिकल मास्क, के–९५ मास्क एक हजार एक सय ५० थान, ५ सय ५० थान हुडको साथ डिस्पोजेबल कभरअल, सुरक्षा चस्मा ३ सय वटा, दश हजार जोडी पञ्जा, ४ सय ४० थान सुरक्षा बुट, स्यानिटाइजर २५ सय बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ४ सय ५० र १५ हजार एक सय १८ थान साबुन रहेका छन् । आगामी दुई हप्ताभित्र सबै सामग्रीहरु वितरण भइसक्ने बताइएको छ ।

सामग्री वितरण कार्यक्रममा मन्त्री ढकालले कोभिडको महामारीको चालू लडाइँमा सहयोग गर्न सामग्रीसहित उपस्थित भएकोमा नेपाल रेडक्रस र त्यसको साझेदार कोका—ककोलालाई धन्यवाद दिए । नेपाल सरकारले यी सामग्रीहरु नपुगेको स्थानमा तत्काल सामान पठाउने समेत बताए । शुक्रराज अस्पतालका टेकुका निर्देशक डा. सागर कुमार राजभण्डारीले योे सामग्रीले डाक्टर, नर्स लगायत अग्रपंक्तिका स्वास्थ्यकर्मीको हौसला बढाएको बताए ।

नेपाल रेडक्रस र द कोकाकोला फाउण्डेसनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको संरक्षण गर्ने एउटा प्रयास भएको नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले बताए । मुलुक र नागरिकहरुलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका स्वास्थ्यकर्मी र आपत्कालीन स्वयंसेवकहरुलाई अत्यावश्यक व्यक्तिगत उपकरणहरु र विभिन्न स्वास्थ्य निकायहरुलाई आवश्यक स्वास्थ्य उपकरणहरु उपलब्ध गराउन नेपाल रेडक्रसलगायत साझेदारसँग सहकार्य गर्न खुसी लागेको कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले बताए ।

तीव्र गतिले फैलिइरहेको कोभिड–१९ महामारीको परिस्थितिमा संक्रमण रोकाथाम र नियन्त्रणमा नेपाल रेडक्रसले स्वास्थ्य, सरसफाई, जोखिम सञ्चार, सामुदायिक संलग्नता, संरक्षण तथा क्वारेन्टाइन सहयोगलगायत विभिन्न क्षेत्रमा सरकार, स्थानीय तह, स्थानीय समुदाय, रेडक्रसका विभिन्न निकायहरु, दाता र साझेदारसँग मिलेर काम गरिरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया